Comments Add Comment

चित्रबहादुर केसीको राजमोले कति जित्यो ?

१९ असार, काठमाडौं । नेपाली राजनीतिमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई नेपाली राजनीतिको बेग्लै ‘ब्राण्ड’ का रुपमा लिने गरिएको छ । संघीयताको खरो आलोचक मानिएको राष्ट्रिय जनमोर्चाले संसदमा समानुपातिकतर्फ तीन सिटको प्रतिनिधित्व गर्छ ।

पहिलो चरणको स्थानीय चुनावमा राष्ट्रिय जनमोर्चाले बाग्लुङमा एउटा स्थानीय तह जितेको थियो । दोस्रो चरणमा उसले केही प्रगति गरेको छ ।

राजमोले प्यूठानको मल्लरानी गाउँपालिका प्रमुखमा जित हात पारेको छ । त्यसैगरी प्यूठानकै झिमरुक गाउँपालिकामा पनि राजमोले जितेको छ ।

प्युठानका विभिन्न स्थानीय तहमा राजमोले १५ वटा वडाध्यक्ष पदहरुमा जित हात पारेको छ । प्यूठान नगरपालिमा पनि उसले एउटा वडा जितेको छ । त्यसैगरी, मल्लरानी र झिम्रुक बाहेक राजमोले ऐरावती, भूमिकास्थान र स्वर्गद्वारी लगायतका गाउँपालिकाका केही वडाहरुमा राजमोले चुनाव जितेको छ ।

प्युठान जिल्ला विगतमा राजमोको गढ मानिन्थ्यो । पछिल्लो संविधानसभामा वामदेव गौतम बर्दियाबाट प्यूठानमा चुनाव लड्न गएपछि राजमोका लागि एमाले मुख्य चुनौती बन्न पुग्यो । स्थानीय चुनावको मुखमा एमाले र राजमोले तालमेल गर्न खोजेका थिए, तर अन्तिममा आएर भाँडियो ।

प्यूठानमा राजमोको जनमतलाई माओवादीले पनि चुनौती दिँदै आएको छ । तर, यो स्थानीय चुनावमा केही स्थानमा राजमो र माओवादीले तालमेल गरेका छन् ।

आफ्नो पुरानो गढ रहेको प्यूठानमा राजमोले ९ स्थानीय तहमध्ये दुई वटामा मात्रै जितेको छ । उसका लागि यो खासै सुखद नतिजा होइन ।
तर, राजमो पत्तासाफ हुनबाट जोगिएको छ । स्थानीय तहमा उसले पाएको जीतलाई टेकेर राम्रो काम गर्यो भने भविष्यमा उसको ‘कमब्याक’ हुन सक्ला कि ? यो राजमोभित्र बहसको विषय हुन सक्छ ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा राजमोले जितेका स्थान:

गाउँपालिका प्रमुख

१. झिम्रुक गाउँपालिका
२. मल्लरानी गाउँपालिका

उप-प्रमुख 

१. कालीगण्डकी गाउँपालिका

वडाध्यक्षसहित प्यानल

१. मल्लरानी –१
२. मल्लरानी –२
३. मल्लरानी –३
४. ऐरावती –२
५. ऐरावती –५
६. प्यूठान –१० (वडाध्यक्ष मात्र)
७. भूमिकास्थान –१
८. भूमिकास्थान –२
९. भूमिकास्थान –४
१०. भूमिकास्थान –५
११. झिम्रुक –३
१२. झिम्रुक –४
१३. झिम्रुक –५
१४. झिम्रुक –६
१५. स्वर्गद्वरी –२
१६. स्वर्गद्वारी –६
१७. स्वर्गद्वारी –८

वडाध्यक्ष बाहेकको प्यानल

१. भूमिकास्थान –३
२. झिम्रुक –२
३. स्वर्गद्वरी –७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment