Comments Add Comment

ओखलढुंगाको लिखु गाउँपालिकामा एमालेको जित

१९ असार, ओखलढंगा । ओखलढुंगाको लिखु गाउँपालिकामा नेकपा एमालेले जित हात पारेको छ । जिल्लामा एमालेको यो पहिलो गाउँपालिकामा विजय हो । कांग्रेस उम्मेदवारलाई ७५ मतअन्तरले हराउदै अध्यक्ष पदमा एमालेका गोविन्दबहादुर पौडेल विजयी भएका हुन् ।

पौडेलले ३ हजार १० मतप्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेपालीकां ग्रेसका अशोक कार्कीले २ हजार ९ सय ३५ मतप्राप्त गरेका छन् ।

उपाध्यक्षमा पनि एमालेकै शान्ता ढुंगेल विजयी भएकी छिन् । ढुङ्गेलले ३ हजार १ यस १० मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसकी मन्दिरा दाहालले २ हजार ४ सय २८ मत प्राप्त गरेकी छन् ।

माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार अनिल योगीले १ हजार १ सय ८० मतप्राप्त गरेका छन् । उपाध्यक्षमा माओवादी केन्द्रकी दुर्गा पौडेल सुवेदीले १ हजार ४ सय ६२ मत प्राप्त गरिन् ।

लिखु गाँउपालिकाका ४ वडा कांग्रेसले, एमालेले चार वडा र माओवादी केन्द्रले एक वडामा विजय हासिल गरेको छ । माओवादीको पश्चिम क्षेत्रको आधार इलाकाका रुपमा परिचित यो गाउँपालिकामा १ वडामा मात्रै सिमित भएको छ । चर्चित नेता बालकृष्ण ढुंगेलकै वडामा एमालेले जितेको छ ।

गाउँपालिका अध्यक्ष निर्वाचित पौडेल यसअघि साबिक टारकेराबारी गाविसका अध्यक्ष थिए । उनी एमाले जिल्ला कमिटी सदस्य हुन् । उपाध्यक्ष ढुंगेल भने एमालेको प्रदेश कमिटी सदस्य हुन् ।

जिल्लाका ८ स्थानीय तहमध्ये ७ को परिणाम बाहिर आउँदा एमालेले सिद्धिचरण नगरपालिका र लिखु जितेको छ । कांग्रेसले चार गाउँपालिका जितेको छ भने माओवादीले एक गाउँपालिका जितेको छ । मोलुङ गाउँपालिकाको मतगणना जारी रहदा एमालेले अग्रता लिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment