Comments Add Comment

बाबुरामले भने– आकाश खसे पनि ५ वर्ष विश्राम लिन्नँ

‘पत्रु शक्ति’ ले गोयबल्स शैलीको प्रचार गरेको आरोप


२० असार, काठमाडौं । नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले ५ वर्षपछि नयाँ शक्ति पार्टी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताएका छन् । नेपाललाई तेस्रो विश्वको स्तरबाट पहिलो स्तरमा पुर्‍याउने लक्ष्यमा आफूले विश्राम नलिने उनले बताएका छन् ।

डा. भट्टराईले पार्टीको नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्ने ईच्छा व्यक्त गरिरहेको सो पार्टीका नेता देवेन्द्र पौडेल सुनिलले अनलाइनखबरसँगको अन्तरवार्तामा बताएका थिए ।

तर, पार्टीका संयोजक डा. भट्टराईले भने ५ वर्षसम्म आकाश खसे पनि, पाताल भासिए पनि आफूले विश्राम नलिने बताएका छन् ।

डा. भट्टराईले भनेका छन्– ‘लोकोक्ति भन्छ– झिंगाको श्रापले डिंगा मर्दैन ! झुटको खेती गरेर जनतालाई ठग्दै आएका पत्रु शक्तिहरूले भर्खरै हुर्कंदै गरेको नयाँ शक्तिका विरूद्ध निरन्तर गोयबल्सको दुष्प्रचारको हतियार प्रयोग गर्दै आएका छन् ! हिजोआज अर्को झटारो हानेकाछन्– बाबुरामले नयाँशक्ति र नेतृत्व छोड्ने रे ! बाराभको ६३ बर्षे उथलपुथलपूर्ण जीवनको इतिहासले भन्छ, उसले एक पटक अठोट गरेको कुरा पूरा नगरी बीचमा छोडेर कहिल्यै भाग्दैन !’

बाबुरामले अगाडि भनेका छन्– ‘जीवनको दोस्रो र अन्तिम चरणमा उसको अठोट छ– वागमती (वा दरौंदी ?) को किनारमा विसर्जित हुनुभन्दा पहिले उसले नेपाललाई तेस्रो विश्वको स्तरबाट पहिलो विश्वको स्तरमा पुर्‍याउन योगदान गर्नेछ । त्यसैको निम्ति यो नयाँ शक्तिको स्थापना हो ! यसलाई कमसेकम ५ वर्षसम्म हुर्काएर सक्षम नयाँ पुस्तालाई हस्तान्तरण नगरी उसले विश्राम लिँदै लिँदैन ! चाहे आकाश खसोस्, पाताल भासियोस् !’

डा. भट्टराईले आफ्ना सबै सदस्य र शुभचिन्तकलाई भ्रममा नपर्न आग्रह गर्दै भनेका छन्– ‘सबै शुभचिन्तक साथीहरू, ढुक्क हुनुहोस्, कुनै कसैको दुष्प्रचारबाट तरंगित नहुनुहोस् ! सम्झनोस्– कुकुर भुक्दै गर्छ, हात्ती लस्कँदै गर्छ !!’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment