Comments Add Comment

यशराजको ‘सुई धागा’मा बरुण र अनुष्काको जोडी


बलिउडका ३ खानलाई लिएर चलचित्र निर्माण गर्दै चर्चित बनेको निर्माण कम्पनी यशराज फिल्मस्ले अब नयाँ पुस्ताका २ चर्चित अनुहारलाई नयाँ प्रोजेक्टमा अनुवन्धित गरेको छ ।

यशराज फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘सुइ धागा-मेड इन इन्डिया’मा नायक बरुण धवन र नायिका अनुष्का शर्माको जोडी पक्का गरिएको छ ।

यो चलचित्रको लेखन तथा निर्देशन शरत कटरियाले गर्दैछन् । जसले यस अगाडि ‘दम लगाके हैसा’ निर्देशन गरेका थिए । अनुष्का र बरुणले मध्यरातमा यो चलचित्रको नाम सार्वजनिक गरेका थिए । यो जोडीले पहिलो पटक एकसाथ काम गर्न लागेको हो ।

बलिउडका ३ खानसँग काम गरिसकेकी अनुष्काका लागि बरुणसँगको जोडी पक्कै पनि विशेष हुनेछ । बरुण पछिल्लो सयमका उदाउँदा सुपरस्टार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment