Comments Add Comment

गुल्मीमा वडा अध्यक्षमा पनि एमाले बलियो

५९ मा एमाले विजयी, २९ मा कांग्रेस विजयी

२० असार, गुल्मी । स्थानीय तह चुनावमा गुल्मीमा वडा अध्यक्षमा पनि एमाले बलियो शक्ति बनेको छ ।

जिल्लामा रहेका ९३ वडामा एमालेले ६० वडामा अध्यक्षसहित प्यानलै बिजयी भएको छ । जिल्लामा कांग्रेसले २९ वडामा प्यानलै बिजयी भएको छ भने माओवादी केन्द्रले ४ वडा र जनमोर्चाले १ वडामा अध्यक्ष सहित प्यानलै बिजयी भएका छन् ।

जिल्लामा रहेका १२ स्थानीय तह मध्ये २ नगर रेसुङ्गा नगरपालिकामा ८ वडामा कांग्रेस ६ वडामा, एमालेले अध्यक्ष सहित बिजयी भएको छ भने मुसिकोट नगरपालिकामा एमालेले ८ र कांग्रेसले १ वडामा, अध्यक्षसहित विजयी भएको छ । जिल्लाका गाउँपालिका तर्फ गुल्मी दरबार गाउँपालिकामा कांग्रेस ४ वडामा र एमालले ३ वडामा अध्यक्षसहित बिजयी भएको छ ।

चन्द्रकोट गाउँपालिकामा एमाले ४ वडामा, कांग्रेस २ माओवादी २ वडामा निर्वाचि भएको छ ।

कालिगण्डकी गाउँपालिकामा कांग्रेस ४ वडामा, एमाले २ वडामा, १ वडामा जनमोर्चाले वडा अध्यक्ष सहित निर्वाचित भएका छन् ।

सत्यवत्ती गाउँपालिकामा एमाले ६ वडामा, २ वडामा कांग्रेस निर्वाचित भएका छन् । रुरु गाउँपालिकामा एमाले ५ वडामा, १ वडामा माओवादीले वडा अध्यक्ष सहित निर्वाचित भएको छ ।

इस्मागाउँपालिकामा एमाले ५ वडामा, १ वडामा कांग्रेसले अध्यक्षसहित निर्वाचित भएका छन् । धुर्कोट गाउँपालिकामा कांग्रेस ३ वडामा, एमाले ३ वडामा, १ वडामा माओवादीले अध्यक्ष सहित निर्वाचित भएका छन् । छत्रकोट गाउँपालिकामा एमाले ४ वडामा, कांग्रेस २ वडामा अध्यक्ष सहित निर्वाचित भएका छन् ।

मदाने गाउँपालिकामा एमाले ६ वडामा, १ वडामा कांग्रेसका अध्यक्ष सहित निर्वाचि भएका छन् । मालिका गाउँपालिकामा कांग्रेसले १ वडामा, एमाले ७ वडामा अध्यक्ष सहित निर्वाचित भएका छन् । गुल्मीमा १२ तहमध्ये ७ तहमा एमाले ४ तहमा कांग्रेस १ तहमा माओवादी निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment