Comments Add Comment

मंगलसेनका मेयरको निर्णय: मदिरा बिक्री व्यवस्थित गर्नेदेखि सुरक्षा भत्ता घरमै वितरण गर्नेसम्म

२१ असार, अछाम  । मंगलसेन नगरपालिकाको मेयरमा निर्वाचित पदमबहादुर बोहोराले सपथ लिँदै पदभार सम्हालेका छन् ।

पदभार सम्हालेपछि पहिलो निर्णय गर्दै मेयर बोहोराले नगरपालिकामा बिक्री-वितरण हुँदै आएको मदिरा व्यवस्थित गर्ने निर्णय गरेका छन् । जिल्लामा अव्यवस्थित रुपमा बिक्री हुँदै आएको मदिराको व्यवस्थित बिक्री-वितरणको व्यवस्था मिलाउने र अटेर गर्ने बिक्रेतालार्इ कारबाही गरिने नगरपालिकाका जनप्रतिनिधिहरुको बैठकले निर्णय गरेको छ ।

साथै, सामाजिक सुरक्षा भत्ता र पोषण भत्ता पाउने सेवाग्राहीको सुविधाको लागि प्रत्येक वडाको टोल–टोलमै गएर वितरण गर्ने निर्णय पनि गरिएको छ ।

मंगलसेन नगरपालिकाले नगरवासीलार्इ सेवा दिन नागरिक उपभोक्ता सहुलियत कार्ड वितरण गर्ने भएको छ ।  त्यसका लागि नगरमा रहेका विपन्न सर्वसाधारणहरूको तथ्याङ्क संकलन गर्ने निर्णय गरिएको  नगरपालिकाका सूचना अधिकारी नरेश कठायतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment