Comments Add Comment

माछा किन खाने ? यस्तो छ कारण

जब स्वास्थ्यको प्रसंग आउँछ, जान्नेबुझ्नेहरु भन्छन्, ‘मासुजन्य परिकार भन्दा शाकाहार परिकार ठीक हुन्छ ।’ अझ कतिपय रोगमा त रातो मासुलाई बन्देज नै गरिन्छ । तर, माछामा भने यस्तो भेद छैन । यो धेरै गुणकारी हुन्छ, शारीरिक र मानसिक स्वस्थ्यका लागि । बच्चाको मस्तिष्क विकास गर्न होस् वा गर्भावस्थमा स्वस्थ्य रहन नै, माछाको सेवन उपयोगी मानिन्छ ।

कसरी ?

माछा ओमेगा-३ फ्याटी एसिडको एकदमै राम्रो स्रोत हो  ।

यो स्वस्थ शरीर, मानसिक विकास तथा स्वस्थ्य मुटुका लागि लाभदायक मानिन्छ । माछा प्रोटिनयुक्त हुनुका साथै यसमा चिल्लोपना कम हुन्छ । स्वस्थ्य शरीरको लागि आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्व माछामा पाइन्छ ।

त्यसैले, हप्तामा दुई दिन माछाको सेवन पनि हाम्रो स्वास्थ्यको लागि निकै लाभदायक मानिन्छ ।

के-के छ त फाइदा ?

मुटुका लागि लाभदायक– माछामा पाइने पैटी एसिड मुटुको लागि राम्रो मानिन्छ । यसमा फैटको माछा कम हुने भएकोले यसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । एक अध्ययनका अनुसार जो मानिस हप्तामा २/३ पटक माछाको सेवन गर्छन् उनीहरुलाई हृदयाघात तथा स्ट्रोकको सम्भावना कम रहन्छ ।

डिप्रशन कम गर्छ- माछालाई ओमेगाा ३ फैटी एसिडको मुख्य स्रोत मानिन्छ । ओमगा ३ ले डिपे्रशन कम गर्छ मद्दत गर्छ । त्यसैले डिप्रेशन हुनेले माछाको सेवन गर्नु फाइदाजनक मानिन्छ । त्यतिमाज्ञ हैन, माछाको सेवनले दिमागबाट यस्तो केमिकल्स निकन्छ, जसले मानिसलाई खुशी तुल्याउँछ ।

दममा लाभदायक– यदी तपाईको बच्चालाई पनि दम समस्या छ भने उनीहरुको लागि माछा लाभदायक मानिन्छ । एक अनुसन्धानका अनुसार माछाको सेवन धेरै गर्ने बालालिकामा दमको समस्या कम पाइने गरेको छ ।

आँखाको दृष्टि कायम राख्छ– एउटा उमेर पछि मानिसको आँखा स्वतः कमजोर हुँदै जान्छ । तर माछाको सेवन गर्ने मानिसहरुमा दृष्टि कमजोर हुने समस्या घटेर जान्छ ।

निद्रा जगाउँछ -जो मानिसलाई निद्रा नलाग्ने समस्या छ, उसकेा लागि माछाको सेवन निकै लाभदायक मानिन्छ । यसले अनिद्रा हटाएर मानिसमा निद्रा जगाउँछ ।

छाला तथा कपालको लागि लाभदायक- लो फैटका कारण सबैभन्दा हानी तपाईकेा छाला तथा कपाललाई हुने गर्छ । हेल्दी फैटको अभावमा तपाईको छाला तथा कपाल रुखो तथा बेजान हुने गर्छ। माछामा पाइने ओमेगा- ३ ले कपाल तथा छालालाई चमकदार बनाउनुका साथै मुलायम बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment