+
+
Shares

आफ्नो लगानीबाहेककाे बिजुली भारतले नकिन्ने

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २२ गते ६:५७


२२ असार, काठमाडौं । जलस्रोतमा धनी देश नेपालले विद्युत्त बेचेर संबृद्ध हुने सपना देखेको धेरै भयो । नेपाली विद्युत्तको मूल बजार भारत हो । तर, भारतले आफ्नो लगानीमा उत्पादिन बिजुली मात्रै किन्ने कानुन बनाउन लागेको आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

कानुन पारित भएमा नेपालमा विद्युत्त उत्पादन गरेर भारत निर्यात गर्ने उद्देश्यले आउने भारतबाहेकका कम्पनीका लागि बाटो बन्द हुने भएको छ ।

भारतले यसअघि नै जारी गरेको ‘क्रस बोर्डर विद्युत्त व्यापार निर्देशिका’ले जलविद्युत्तमा भारतबाहेकका लगानी सम्भावना समाप्त पारेको थियो । त्यसैले यस्तो नीति सच्याउन नेपालले गरेको आग्रहविपरीत भारतले कानुन नै ल्याउन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?