Comments Add Comment

इटहरी उपमहानगरपालिकामा एमालेको जित

मेयरमा द्वारिकलाल चौधरी, उपमेयरमा लक्ष्मी गौतम

 

२३ असार,  इटहरी । सुनसरी जिल्लाको उदीयमान शहर इटहरी उपमहानगरपालिकाको मेयर र उपमेयर दुबै पदमा एमालेका उम्मदेवार विजयी भएका छन् ।

मेयर पदका लागि भएको प्रतिस्पर्धामा एमालेका द्वारिकलाल चौधरी २२ हजार ४ सय १२ मत ल्याएर विजयी बनेका हुन् । उपमेयरमा पनि एमालेकै उम्मेदवार लक्ष्मी गौतम २२ हजार १ सय ४२ मतका साथ विजयी बनेकी छिन् ।

एमालेले इटहरीमा कांग्रेसका उम्मदेवारलाई फराकिलो मतान्तरले पछाडि पारेको छ ।

विजेता चौधरीका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोहित प्रसाईले १९ हजार ९ सय ८५ मत पाएका छन् ।

त्यसैगरी उपमेयरमा कांग्रेसकी विमला ढकालले १८ हजार ३ सय ५२ मत पाएकी छिन् ।

पूर्वाञ्चलको महत्वपूर्ण शहरका रुपमा रहेको इटहरी उपमहानगरपालिकाकामा पाएको जितले सुनसरीका एमाले जनमाा खुशियाली छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment