Comments Add Comment

आरुघाटवासीद्वारा मुआब्जा निर्धारणको माग


२३ असार, गोरखा । बुढिगण्डकी आयोजना डुवान क्षेत्रमा पर्ने गोरखाको आरुघाट, आर्खेत, विशालनगर र खहरे बजारवासीले तत्काल मुआब्जा निर्धारण गर्न माग गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिँदै ज्ञापन पत्रसमेत बुझाएका छन् ।

बुढिगण्डकी जलबिद्युत आयोजना सरोकार समितिको नेतृत्वमा गाउँबाट बस रिजर्भ गरेर सयौंको संख्यामा आएका प्रभावितहरुले प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापनपत्र बुझाए । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतललाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले जग्गाको गुणस्तरका आधारमा प्रतिआना २० देखि २५ लाखसम्म मुआब्जा रकम निर्धारण गर्नुपर्ने माग राखेका छन् ।

गोरखाको दोस्रो व्यापारिक केन्द्र तथा तिब्बत र लार्के भोटसम्मको मितेरी व्यापारिक केन्द्र भएकाले आरुघाट क्षेत्रको मुआब्जा निर्धारणमा विशेष ध्यान दिनुपर्ने उनीहरुको माग छ । मुआब्जा निर्धारण गर्न नसके रोक्का गरिएको जग्गा फुकुवा गर्न उनीहरुले माग गरेका छन् । डुवानमा पर्ने भन्दै सरकारले जग्गा किनबेचमा रोक लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भौतिक संरचनाहरुको लगत संकलन हुन बाँकी रहेकाले मुआब्जा निर्धारणका लागि केही समय लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment