Comments Add Comment

सावधान यस्तो च्याउले ज्यान लिन सक्छ

कसरी चिन्ने खाने र नखाने च्याउ ?


च्याउ उत्पादन हुने खास सिजन भनेको, वर्षायाम हो । वर्षायाममा पढिने, सुनिने अपि्रय समाचार हो, ‘विषाक्त च्याउ खाएर मृत्यु ।’

नेपालमा विषालु च्याउ सेवन गर्दा बर्षेनी औसत ३० जनाभन्दा बढीले ज्यान गुमाउने गरेका तथ्यांक छ ।

जंगली च्याउ खाएर बर्षेनी धेरैले ज्यान गुमाउँछन् ।

सबै च्याउ विषालु हुँदैन । कति च्याउ खान योग्य मात्र हुँदैन, स्वादिलो र स्वस्थ्यकर पनि हुन्छ । यसमा प्रोटिन, मिनिरल्स, तथा विभिन्न प्रकारका भिटामिन पाइनुका साथै एमिनो एसिड पाइन्छ ।

कति स्वस्थ्यकर ?

एमिनो एसिड शारीरिक वृद्धि विकासको लागि निकै आवश्यक हुन्छ । यसमा फ्याट तथा कोलेस्टोरको मात्रा कम हुन्छ । त्यसैले यो सजिलै पच्छ । च्याउमा एन्टी ट्युमर तत्व हुनाले नियमित रुपमा च्याउ खानाले यसले शरीरमा भएको ट्युमर नियन्त्रण हुन्छ । उच्च रक्तचाप तथा मधुमेह नियन्त्रणका लागि पनि च्याउ उपयोगी हुन्छ ।

कस्ता कस्ता हुन्छ ?

च्याउ विशेषतः खान हुने, तितो, विषालु तथा काम नलाग्ने गरी जम्मा चार प्रकारका हुन्छन् ।

खान हुने च्याउलाई गोब्रे च्याउ अथवा पाता च्याउ पनि भनिन्छ । यो कृतिम तरीकाले उमारिन्छ । यस्ता कृतिम तरीकाले उमारिएको च्याउ सजिलै पहिचान गर्न सकिन्छ ।

गर्मी महिनामा पाइने च्याउ सेतो खालको हुन्छ । जाडो याममा उम्रने च्याउ कालो तथा खैरो रङ्गको हुन्छ । यस्ता च्याउ प्रायः खान लायकका हुन्छ ।

अर्को प्रकारको च्याउ स्वादमा तितो हुन्छ । यस्ता खान मिल्ने यस्ता च्याउ तरकारीमा भन्दा औषधीको रुपमा बढी प्रयोग हुन्छ । यार्सागुम्बा, गोर्चेला यसका प्रकार हुन् ।

कस्तो च्याउ नखाने ?

– तिख्खर गन्ध आउने, रंगिन च्याउ प्राय विषालु हुन्छ ।

– बैजनी तथा गाढा रातो रंगका च्याउ बिषालु हुन्छ ।

– बिषालु च्याउमा किरा लाग्दैन । त्यसैले यस्ता च्याउ हेर्दा आकर्षक देखिन्छ ।

– च्याउलाई कुखुराको अन्डा वा दुधमा राख्दा केहि समयपछि अन्डा जम्छ वा दुध फाट्छ भने त्यो खानयोग्य च्याउ होइन ।

– कतिपयले चाँदीको चम्चा डुवाउदा पानी निलो अथवा कालो भएमा वा चम्चा नै निलो भएमा च्याउ विशालु हो भनेर चिनिन्छ भन्ने मान्यता रहिआएको छ ।

– टिम्मुरले च्याउको विशादी नाश गर्छ भन्ने पनि मान्यता छ । तर यसको कुनै वैज्ञानिक आधार देखिदैन ।

सावधानी

– सकेसम्म आफुले नचिनेको च्याउ सेवन नगरौं ।

– दुईथरी च्याउलाई एकसाथ मिसाएर पकाउनु हुन्न ।

– च्याउ खान हुने भनेर ढुक्क भएपछि मात्र च्याउ सेवन गरौ ।

– च्याउलाई प्लाष्टिक वा स्टिलको भाँडमा गुम्साएर नराख्ने ।

– च्याउलाई खुला रुपमा भण्डारण गर्ने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment