Comments Add Comment

बामदेवको दाबीः प्रदेश नम्बर २ मा ५० प्रतिशत सिट जितेर पहिलो दल कायम राख्छौं

२३ असार, काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमलेस्थानीय चुनावमा अन्तरघातका कारण एमालेले अपेक्षा गरे अनुसार जित हात पार्न नसकेको बताएका छन् । तर, प्रदेश नम्बर २ मा ५० प्रतिशत सिट जितेर पहिलो पार्टी बन्ने उनको दाबी छ ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा गौतमले तेस्रो चरणको चुनावपछि पनि स्थानीय तहमा एमाले पहिलो दल बन्ने दाबी गरे । एमाले अध्ययन गरेरै अनुमान गरेको भन्दै उनले प्रदेश नम्बर २ मा ५० प्रतिशत सिट जित्ने दाबी गरे ।

उनले अब हुने प्रदेशको चुनावपछि एमालेले सात वटै प्रदेशमा सरकार बनाउने दाबी गरे ।

समानुपातिक निर्वाचन प्रणालीका कारण संघीय संसदको चुनावमा बहुमत नआएपछि ठूलो दल बनेर एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment