Comments Add Comment

‘छक्का पन्जा’ उत्कृष्ट फिल्म, विपिन र प्रियंका उत्कृष्ट ‘नायक–नायिका’


हेटौडामा आयोजना भएको ‘नवौ डी सिने अवार्ड’मा चलचित्र ‘छक्का पन्जा’ले सर्वाधिक धेरै ११ विधामा बाजी मारेको छ । यो चलचित्रबाट नायिका प्रियंका कार्कीले ‘उत्कृष्ट नायिका’को अवार्ड जितिन् । यस्तै, चलचित्र ‘जात्रा’बाट विपिन कार्कीले ‘उत्कृष्ट नायक’को अवार्ड जिते ।

हेटौडाको ओ म्याक्स हलमा आयोजना भएको कार्यक्रममा ‘छक्का पन्जा’ले उत्कृष्ट नायिका सहित, चलचित्र, नव–निर्देशक, हाँस्य कलाकार, खलपात्र, नृत्य निर्देशक, गायक, संगीतकार, संवाद, सम्पादन र छायांकारको अवार्ड जितेको हो ।

चलचित्र ‘तीन घुम्ती’लाई जुरी अवार्ड दिइएको अवार्डमा चलचित्र ‘जात्रा’का निर्देशक प्रदिप भट्टराई, चलचित्र ‘झुम्की’का कलाकार मनोज आरसी र चलचित्र ‘पुरानो डुङ्गा’की मुख्य कलाकार मेनुका प्रधानलाई क्रिटिक्स अवार्ड दिइएको थियो ।

यस्तै, बरिष्ठ संगीतकार शम्भुजित बास्कोटालाई ‘छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड’ प्रदान गरियो । यस्तै, ‘छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’बाट पत्रकार लक्ष्मण सुवेदीलाई ९ हजार ९ सय ९९ नगद राशीसहित पुरस्कृत गरियो । ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान’बाट अभिनेता सरोज खनाल र अभिनेत्री रुपा रानालाई सम्मानित गरिएको थियो ।


मोफसल बाहिर पनि चलचित्रको माहोल बढाउन र दर्शक र कलाकारविच प्रत्यक्ष संवाद गराउने उद्देश्यले अवार्ड हेटौडामा आयोजना गरिएको छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले बताए ।
कार्यक्रममा विभिन्न कलाकारहरुको नृत्य प्रस्तुतीले माहोल तताएको थियो । कार्यक्रममा सहभागी हुन १ सय बढी चलचित्रकर्मी र पत्रकार हेटौडा पुगेका थिए । कसले कुन विधामा अवार्ड जिते, हामीले पूर्ण सूची यहाँ प्रस्तुत गरेका छौः

१) उत्कृष्ट एनिमेशन
द फेमश
२) उत्कृष्ट ध्वनि मिश्रण
मनोजराज भण्डारी – जात्रा
३) उत्कृष्ट पाश्र्व संगीत
शैलेश श्रेष्ठ – गाजलु
४) उत्कृष्ट केमियो
निश्चल बस्नेत – लप्पन छप्पन
५) उत्कृष्ट द्वन्द्व निर्देशक
हिमाल केसी – निर्भय
६) उत्कृष्ट बाल-कलाकार
साइब्रत आचार्य – छायाँ
७) उत्कृष्ट हाँस्यकलाकार
केदार घिमिरे – छक्का पञ्जा
८) उत्कृष्ट खलपात्र
दीपकराज गिरी – छक्का पञ्जा
९) उत्कृष्ट नृत्य निर्देशक
कविराज गहतराज – पूर्ब पश्चिम रेल…(छक्का पञ्जा)
१०) उत्कृष्ट गीतकार
आकाश अधिकारी – पागल…(के म तिम्रो होईन र)
११) उत्कृष्ट गायिका
मिना निरौला – ठमेल बजार – लुट २
१२) उत्कृष्ट गायक
कृष्ण काफ्ले – देखन चम्पा – छक्का पञ्जा
१३) उत्कृष्ट संगीतकार
दीपक शर्मा – देखन चम्पा…(छक्का पञ्जा)
१४) उत्कृष्ट संवाद
दीपकराज गिरी – छक्का पञ्जा
१५) उत्कृष्ट पटकथा
हेमराज बिसी – गाजलु
१६) उत्कृष्ट कथा
रामबाबु गुरुङ – पुरानो डुंगा
१७) उत्कृष्ट नव-नायिका
श्रृष्टी श्रेष्ठ – गाजलु
१८) उत्कृष्ट नव-नायक
आर्यन अधिकारी – के म तिम्रो हैन र
१९) उत्कृष्ट नव-निर्देशक
दीपाश्री निरौला – छक्का पञ्जा
२०) उत्कृष्ट चरित्र अभिनेत्री
गौरी मल्ल – के म तिम्रो हैन र
२१) उत्कृष्ट चरित्र अभिनेता
शिशिर राणा – बीर बिक्रम
२२) उत्कृष्ट सह-अभिनेत्री
सुस्मिता केसी – म त तिम्रै हुँ
२३) उत्कृष्ट सह-अभिनेता
सुशान्त कार्की – तीन घुम्ती
२४) उत्कृष्ट सम्पादक
बिपिन मल्ल – छक्का पञ्जा
२५) उत्कृष्ट छायाँकार
पुरुषोत्तम प्रधान – छक्का पञ्जा
२६) उत्कृष्ट अभिनेत्री
प्रियंका कार्की – छक्का पञ्जा
२७) उत्कृष्ट अभिनेता
विपिन कार्की – जात्रा
२८) उत्कृष्ट निर्देशक
हेमराज बिसी – गाजलु
२९) उत्कृष्ट चलचित्र
छक्का पञ्जा – आमा सरस्वती गीतादेवी फिल्मस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment