Comments Add Comment

खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग

२४ असार, पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको नदीपुरस्थित माउन्ट अन्नपूर्ण माविका नर्सरीदेखि कक्षा १२ सम्म पढ्ने ७६० विद्यार्थीले आफ्नो खाजा खर्च बचाएर बाढीपीडितलाई रु ४० हजार गरेका छन् ।

महानगरको सिम्पानीबजारमा बस्दै आएका गोपालबहादुर रानाको डेरामा यही असार १७ गते राति भीषण वर्षासँगै आएको बाढीले सरसामान, लत्ताकपडालगायत सबै बगाएको थियो ।

सो विद्यालयमा ३२ वर्षदेखि सहचालकका रुपमा काम गर्दै आएका बाढीपीडित रानालाई शिक्षक र कर्मचारीले रु ३५ हजार ५००, विद्यालयले रु २० हजार तथा प्राचार्य सइन्द्र श्रेष्ठले रु सात हजार सहयोग पनि गरेका थिए ।

कसमस ग्रुपका अध्यक्ष तथा विद्यालयका निर्देशक तेज गुरुङले प्राकृतिक प्रकोपमा परेका आफ्ना विद्यालयका इमान्दार कर्मचारी रानालाई सहयोग गर्न पाएकामा खुसी व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment