Comments Add Comment

डोटी एमालेमा जिसस संयोजकको खोजी, कसले मार्ला बाजी ?

२४ असार, डोटी । डोटीका नौ स्थानीय तहमध्ये पाँच तहमा प्रमुख/उपप्रमुख दुवै र बोगटान गाउँपालिकामा उपप्रमुख जितेर जिल्लाको पहिलो पार्टी बनेको नेकपा एमालेभित्र जिल्ला समन्वय समिति (जिसस) संयोजक को बन्ने भन्ने वहस सुरु भएको छ ।

पार्टीले कसलाई संयोजक बनाउने भन्ने विषयमा औपचारिक छलफल नचलाए पनि यसबारे चर्चा सुरु भएको हो ।

जिल्ला समन्वय समितिको संयोजकका लागि रामबहादुर ऐर र पूर्णराज जोशीको नाम बढी चर्चामा छ । ऐर शिखर नगरपालिका–६ का निर्वाचित वडा सदस्य हुन् । उनी २०५४ सालको स्थानीय निर्वाचनबाट जिल्ला विकास समिति डोटीको सदस्यमा निर्वाचित भएका थिए । हाल पार्टीको जिल्ला कमिटी सचिव रहेका ऐरलाई पार्टी संस्थापन पक्षको समर्थन रहेको बुझिएको छ । यद्यपि, उनीमाथि स्थानीय तह निर्वाचनमा राम्रोसंग नखटेको आरोप छ ।

दिपायल सिलगढी नगरपालिकाका पूर्व मेयर तथा वडा नम्बर ६ का वडासदस्य जोशीको पनि जिसस संयोजक बन्ने सम्भावना छ । हाल एमालेको जिल्ला कमिटी सचिवालय सदस्य रहेका जोशी बौद्धिक नेताको रुपमा चिनिन्छन् । जोशी शाहीकालमा टिका लगाएर मेयर बनेकाले उनलाई कार्यकर्ताले भने उतिधेरै विश्वास गर्न सकेका छैनन् ।

त्यसो त जिसस संयोजकमा महिला नेत्री शशी सोवको पनि चर्चा छ । पार्टी जिल्ला सचिवालय सदस्य सोवलाई संयोजक बनाउँदा महिलाले अवसर पाउने भएकाले उनलाई यस्तो अवसर दिनुपर्ने मतसमेत कतिपयको छ ।

एमाले जिल्ला सचिवालय सदस्य डम्मर ओलीको नामसमेत जिसस संयोजकको चर्चामा छ । २०५४ सालको स्थानीय निकाय निर्वाचनमा साविकको गिरिचौका गाविसको अध्यक्षको भूमिका निर्वाह गरिसकेका ओली इमान्दार राजनीतिज्ञको रुपमा चिनिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment