Comments Add Comment

दार्जीलिङमा फेरि तनाव बढ्यो, सुरक्षाकर्मीको गोलीबाट तीनको मृत्यु

२४ असार, काठमाडौं । दार्जीलिङमा फेरि तनाव बढेको छ । सेना परिचालन गरिएको छ भने मृतकको संख्या तीन पुगेको छ ।

सोदानमा शुक्रबार राति सुरक्षाकर्मीको गोलीबाट एक युवकको मृत्यु भएपछि दार्जीलिङमा तनाव बढेको थियो । स्थिति नियन्त्रणमा लिन भन्दै शनिबार फेरि सेना परिचालन गरेको छ ।

शनिबार दार्जीलिङका साथै कालिम्पोङ, खरसाङ र मिरिक क्षेत्र तनानक्रस्त भएको छ । सुरक्षाकर्मीसँग भएको झडपमा थप एक युवकको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ ।

तुङसुङका ३७ वर्षीय सुरज सुन्दास र सिंहमारी रोपवे क्षेत्रका समिर गुरुङको मृत्यु भएको समाचारमा उल्लेख छ । घटनामा केही सुरक्षाकर्मीका साथै थुप्रै प्रदशनकारी पनि घाइते भएका छन् ।
सेना परिचालनपछि दार्जीलिङ शहरको अवस्था केही नियन्त्रणमा आएको छ । तर, अन्य स्थान तनावपूर्ण रहृयो ।

सुरक्षाकर्मीले निहत्था युवकलाई गोली हानेको भन्दै आक्रोसित प्रदर्शनकारीले पुलिसको गाडीमा तोडफोड गरेको थियो । दार्जीलिङ पुलिस डीएसपी र ट्राफिक पुलिस कार्यालयको सामान बाहिर ल्याएर जलाएका छन् भने जजबजारमा रहेको त्रिणमुल कांग्रेसको कार्यालयमा आगजनी गरेका छन् ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममत बनर्जीले भने पहाडका पार्टीहरुलाई शान्ति कायम राख्न आहृवान गरेकी छन् ।

साथै उनले सरकार वार्तामा बस्न तयार रहेको बताएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनले भनिन्, ‘यदि १०/१५ दिनमा शान्ति स्थापना हुन्छ भने पहाडका पार्टीहरुसँग कुरा गर्न तयार छु । तर, पहिला शान्ति कायम गर्न दिनुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment