Comments Add Comment

सल्यानमा बस दुर्घटना, दुई दर्जन यात्रु घाइते

२५ असार, तुलसीपुर । दाङबाट रुकुम जाँदै गरेको बस सल्यानमा दुर्घटना हुँदा दुई दर्जन बढी यात्रु घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय लुहामका अनुसार ना ४ ख ५७५४ नम्बरको बस सल्यानको त्रिवेणी गाउँपालिकाको टुनिबोट नजिक आइतबार बिहान दुर्घटना भएको हो । सिस्ने हिमाल यातायातको सो बस सडकबाट करिब एक सय मिटर तल खेतमा खसेको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि दाङमा र सामान्य घाइते भएकाहरुलाई सल्यानकै श्रीनगर अस्पताल तर्फ पठाइएको प्रहरीले जनाएको छ ।

विपरित दिशाबाट आइरहेको स्कारपियो गाडीलाई साइड दिने क्रममा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय लुहामका प्रमुख लक्ष्मण डाँगीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment