२५ असार, विराटनगर । नेपाली कांग्रेसले अाइतबार विराटनगर महानगरपालिकामा विजय र्याली निकालेको छ । विराटनगर ७ स्थित आदर्श विद्यालयबाट सुरु भएको विजय र्यालीले नगर परिक्रमा गरेको छ ।
विजय र्यालीमा नवनिर्वाचित मेयर भिम पराजुली र उपमेयर इन्दिरा कार्कीसहित कांग्रेसका केन्द्रीय नेताद्वय डा. शेखर कोइराला र डा. मिनेन्द्र रिजाल पनि सहभागी छन् । उनीहरुलाई सयौंको संख्यामा कांग्रेसका कार्यकर्ता र नगरवासीले साथ दिएका छन् ।
बिराटनगरमा यसअघिका स्थानीय निकायको चुनावमा कांग्रेस पराजित भएको थियो । २०४९ सालको चुनावमा एमालेका रमेशचन्द्र पौडेल र भुराज राई मेयर तथा उपमेयर बनेका थिए ।
पहिलो पल्ट स्थानीय तहको चुनावमा कांग्रेसले आफ्नो गुमेको साख जोगाएको खुसियालीमा नेता-कार्यकर्ताहरु एकअर्कामा बधाइ र शुभकामना बाँड्दै बिजय र्यालीमा सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4