Comments Add Comment

१२०० एम्पुल लागूऔषध बरामद

२५ असार, काठमाडौं । महानगरिय प्रहरी प्रभाग नागढुंगाले आइतबार १२०० एम्पुल लागुऔषध बरामद गरेको छ ।

विरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ७ ख ४७५५ नं. को यात्रुबहाक बसमा चेकजाँचको गर्दा झोलामा लुकाई राखेको अवस्थामा लागु औषध बरामद गरिएको प्रहरी निरीक्षक ऋषिराम घर्तीले जानकारी दिए ।

प्रहरीले डाइजेल्याव,फिनार्गन र नुफिर्न ४००/४०० सय एम्पुल गरी १२०० एम्पुल लागुऔषध बरामद गरेको जनाएको छ ।

लागुऔषध कसले ल्याएको हो भन्ने थाहा नभएको र शंकास्पद व्यक्तिहरुलाई पक्राउ गरेर अनुसन्धान थालिएको महानगरिय प्रहरी प्रभाग नागढुंगाका इन्चार्ज प्रहरी निरीक्षक घर्ती मगरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment