Comments Add Comment

सुर्खेतका ३ सामुदायिक विद्यालय नमूना घोषित

२५ असार, काठमाडौं । सुर्खेतका ३ वटा सामुदायिक विद्यालयहरुलाई शिक्षा मन्त्रालयले नमूना घोषणा गरेको छ ।

जिल्ला शिक्षा कार्यालयको प्रारम्भिक मूल्याङकन तथा शिक्षा विभागको स्थलगत अवलोकन सहितको मल्याङकन प्रमाणिकरणका आधारमा तीन वटा विद्यालयलाई नमूना घोषणा गरिएको हो ।

सुर्खेतको निर्वाचन क्षेत्र नं. १ बाट नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, गुर्भाकोट-६ बडाखोली, निर्वाचन क्षेत्र नं. २ बाट जन माध्यामिक विद्यालय वीरेन्द्रनगर-६ बिशाल बजार र क्षेत्र नं. ३ बाट जनज्योती माध्यामिक विद्यालय कुनाथरी, बड्डीचौर नमूना विद्यालय घोषित भएका हुन् ।

आइतबार बसेको शिक्षा मन्त्रालयको सचिवस्तरको बैठकको निर्णय अनुसार नमूना विद्यालय विकास तथा सञ्चालनका लागि विद्यालयहरु छनौट भएका हुन् ।

छनौट भएका विद्यालयहरु शिक्षा विभागले आइतबार नै सार्वजनिक गर्दै सम्बधित जिल्ला शिक्षा कार्यालयहरुलाई नमूना विद्यालयका रुपमा छनौट भएका विद्यालयहरुलाई आर्थिक वर्ष ०७३/०७४ को विद्यालय क्षेत्र विकास कार्यक्रममा व्यवस्था भएअनुसारको अनुदान निकास गरिदिन अनुरोध समेत गरेको छ ।

देशैभरबाट यसपटक १६७ वटा सामुदायिक विद्यालयहरु नमूना विद्यालयका रुपमा छनौट भएको शिक्षा विभागले जानकारी दिएको छ ।

काेको परे नमूना विद्यालयको सूचिमा यहाँ क्लिक गर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment