+
+
Shares

डावर नेपाल स्थापनाको २५औं वर्षमा, मनायो रजत जयन्ती

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २७ गते ११:१२

२७ असार, काठमाडौं । डावर नेपाल प्रालि आयुर्वेद र प्राकृतिक स्वास्थवर्दक कम्पनीले आफ्नो सेवा प्रारम्भ गरेको २५ वर्ष पुगेको उपलक्ष्यमा आज सोल्टी होटलमा विशेष समारोह आयोजना गरी रजत जयन्ती मनाएको छ ।

सो अवसरमा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा, नेपालका लागि भारतीय राजदूत मनजीत पुरी, डावर इन्डिया लिमिटेडका अध्यक्ष आनन्द वर्मन, डावर इण्डिया लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल दुग्गल तथा डावर नेपाल प्रालिका म्यानेजिङ् डाइरेक्टर रुक्मशमसेर राणा लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।

सन् १९८४ मा श्री एस के वर्मनले स्थापना गरेको डावर अहिले आयुर्वेदिक र प्राकृतिक स्वास्थ्यको क्षेत्रमा सबभन्दा ठूलो कम्पनीको रुपमा स्थापित भएको छ ।

डावरसँग संसारभर १९ भन्दा बढी विश्वस्तरीय उत्पादनहरु केन्द्रहरु छन् । नेपाल सहित विश्वका ७ राष्ट्र युनाइटेड अरव इमिरेट्स, इजिप्ट, नाइजेरिया, टर्की, श्रीलंका, वंगलादेश र भारतमा १२ वटा गरी जम्मा १९ वटा यसका उत्पादन केन्द्रहरु छन् । डावरका उत्पादनहरु विश्वका १२० राष्ट्रका ६० लाख पसलहरुमा उपलब्ध छन् ।

“सम्पूर्ण घरपरिवारको स्वास्थ्य र गुणस्तरप्रति समर्पित ” भन्ने मूल मन्त्रका साथ डाबर नेपाली बजारमा प्रवेश गरेको थियो ।

तत्पश्चात् तदारुकताका साथ प्रत्यक्ष रुपमा नेपाली बजारमा १००० भन्दा बढी रोजगारी प्रदान गर्ने तथा अप्रत्यक्ष रुपमा २०००० भन्दा बढी रोजगारी प्रदान गरिरहेको छ ।

जस्ले नेपाल सरकार समक्ष आफ्नो सकारात्मक छवि कायम गर्न सक्षम रहेको छ । १९९२ मा शुरुवातमा ५३ लाख बाषिर्क कारोबार रहेको यस कम्पनीले हाल आएर १००० करोड भन्दा बढी वाषिर्क कारोबार गरीरहको छ ।

डावरका उत्कृष्ट उत्पादनहरुमा रियल, डावर च्यवनप्रास, डावर रेड टुथपेस्ट, हाजमोला, डावर अमला हेयर आयल, डावर हनी, डावर ग्लुकोज डी, गुलाबरी, फेम, प्रोइस्टाइल, ओडोनिलका साथै अन्य थुप्रै उत्पादनहरु रहेका छन् ।

नेपालमा डावर नेपालको स्थापना सन् १९८९ मा भएको थियो र व्यापारिक उत्पादन सन् १९९२ बाट शुरु भएको थियो ।

डावर सामाजिक तथा आर्थिक विकास, वैज्ञानिक उत्पादनमा मात्र क्रियाशील नभइ खेलकुद, शिक्षा, संस्कृति, संरचना, स्वास्थ्य तथा वातावरणीय संरक्षण क्षेत्रमा पनि क्रियाशील रहेको छ ।

यस कम्पनीले आफ्नो स्थापनकालदेखि विभिन्न क्षेत्र तथा सरकारी निकायबाट उत्कृष्ट सम्मान प्राप्त गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?