Comments Add Comment

भारतको चर्चित कफी ब्रान्ड ‘क्याफे कफी डे’ नेपालमा

२७ असार, काठमाडौं । कफीको पारखीहरुका लागि भारतको चर्चित ब्रान्ड क्याफे कफी डे ले नेपालमा आˆनो पहिलो शाखा जावलाखेलमा सुरुवात गरेको छ ।

बिषेश कार्यक्रमका बीच आज भारतीय राजदूत मन्जित सिहं पुरी र मिस नेपाल नितिका चन्डकले क्याफे कफी डेको नेपालको संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रमको उद्घाटन गर्दै भारतिय राजदुत मन्जित सिहं पुरी भारतको चर्चित ब्रान्ड क्याफे कफी नेपालमा शाखा बिस्तार भएकोमा खुशी व्यक्त गर्दै यसले कफीको पारखीहरुको रुचिमा उत्कृष्ट टेवा पुग्नेमा आफु विश्वस्त रहेको जानकारी गराए ।

क्याफे कफी डे लाई नेपालमा स्ताभ्य हस्पटालिटी ले भित्रयाएको छ भने भबिष्यमा देशैभरि क्याफे कफी डे शाखाहरुको बिस्तार गर्ने योजना रहेको कम्पनीले जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment