Comments Add Comment

सरकारले राजपासँग माग्यो चुनावमा भाग लिने प्रतिवद्धता

२७ असार, काठमाडौं । सरकारले संविधान संशोधन विधेयक अघि बढाउन आफू तयार रहेको भन्दै राजपालाई तेस्रो चरणको चुनावमा सहभागिता जनाउने प्रतिवद्धता जनाउन आग्रह गरेको छ ।

कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुले मंगलबार साँझ राजपाका नेताहरुसँग छलफल गरेका थिए ।

बालुवाटारमा भएको बैठकमा संविधान संशोधनबारे छलफल भएको छ । सत्तारुढ दलका नेताहरुले मंगलबार बिहान एमालेसँग भएको कुराकानीबारे राजपाका नेताहरुलाई जानकारी गराएका छन् । एमालेसँग भएको छलफल गर्न सकारात्मक रहेको तर, अन्तर्वस्तुमा भने छलफल गर्न बाँकी रहेको उनीहरुले बताए ।

सत्तारुढ दलका नेताहरुले संविधान संशोधन विधेयक अगाडि बढाउन सरकार तयार रहेको भन्दै असोज २ गते प्रदेश नम्बर २ मा हुने निर्वाचनमा प्रतिवद्धता जनाउन राजपाका नेताहरुलाई आग्रह गरेका छन् ।

जवाफमा राजपाका नेताहरुले निर्वाचनमा भाग लिन आफूहरु सकारात्मक रहे पनि संविधान संशोधन, मधेश आन्दोलनका क्रममा आफ्ना नेता, कार्यकर्तामाथि लगाइएको मुद्धा फिर्ता, २ नम्वर प्रदेशमा स्थानीय तहको संख्या थप लगायतका माग सम्बोधन गर्नु पर्ने पुरानै अडान दोहोर्‍याएका छन् ।

थप छलफल गरेरसंशोधनबारे निर्णय पुग्ने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment