Comments Add Comment

व्यवसायी श्रेष्ठ हत्याका मुख्य अभियुक्त पक्राउ, अपराध लुकाउन घर्तीको समेत हत्या

२७ असार, घोराही । दाङ तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठसँगै अपहरणमा परेका रणबहादुर घर्तीको पनि हत्या भएको खुलेको छ ।

श्रेष्ठको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ । उनीहरुले प्रहरी सामु दाङ हापुरका घर्तीको पनि हत्या गरिएको बयान दिएका हुन् ।

घटनाको मुख्य योजनाकार भन्दै प्रहरीले तुलसीपुर उपमहानगरापालिका ८ मालभुङ निवासी २८ बर्षीय भुपेन्द्र भण्डारी, तुलसीपुर २ बालापुर बस्ने ३७ बर्षीय मानबहादुर भण्डारी, यस्तै वडा नम्बर ६ को स्याउली बजार बस्ने २० बर्षीया पूजा घर्ती र उनका वुवा ३९ बर्षीय टीकाराम घर्तीलाई सार्वजनिक गरेको छ ।

मानबहादुर, टिकाराम र पुजालाई बााकेको डुडुवा गाउँपालिका ६ स्थित नेपाल र भारतको सिमानामा लुकिछिपी बस्दै आइरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भुपेन्द्रलाई भने तुलसीपुरमा पक्राउ गरिएको हो ।

अरु दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर ११ कटाहा निबासी बर्ष ३० का खुमबहादुर केसीलाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ भने तुलसीपुर ९ बेलुवा निबासी ४१ बर्षका नारायण वलीलाई पनि पक्राउ परेका छन् ।

प्रहरीका अनुसार श्रेष्ठ भन्दा पहिले रणबहादुरको हत्या गरेको बयान पक्राउ परेकाहरुले दिएका छन् । श्रेष्ठको हत्या भएको ठाउँदेखि डेढ सय मिटर टाढा घर्तीको हत्या गरिएको अभियुक्तहरुको भनाइ छ ।

जेठ २६ गते अपहरणमा परेका उद्योगी राजकुमार श्रेष्ठको २९ गते नै हत्या भएको थियो । तर,प्रहरीले २१ दिन पछि शव फेला परेको थियो ।

व्यवसायी श्रेष्ठलाई पूजा घर्ती टेलिफोन गरी घुम्न जााउ भन्दै सल्यान तर्फ लगेका थिए । सोही क्रममा अपहरणकारीलाई चिनेका रणबहादुर घर्तीलाई पनि सल्यानबाटै अपहरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment