Comments Add Comment

युनाइटेडका विंगर जानुजाज लोनमा सोसिडाड जाने

काठमाडौं । इंग्लिस क्लव म्यान्चेस्टर युनाइटेडका बेल्जियन विंगर अदनान जानुजाजलाई ९.८ मिलियन पाउण्डमा स्पेनिस क्लव रियल सोसिडाड पठाउने भएको छ । उनी लोनमा स्पेन जान लागेका हुन् ।

२२ वर्षीय जानुजाज सण्डरल्याण्डमा एक सिजन बिताएपछि म्यान्चेस्टर फर्किएका हुन् । प्रशिक्षक जोजे माउरिन्होले अमेरिकाको पि्रसिजन टूरमा उनलाई समावेश नगरेपछि उनी पुनः अर्को क्लवमा लोनमा जाँदैछन् भन्ने पुष्टि भएको थियो ।

जानुजाज सन् २०१५/१६ को सिजन बोरुसिया डर्टमण्डमा लोनमा गएका थिए । उनको सोसिडाडमा मेडिकल परीक्षण हुने अनुमान गरिएको छ ।

जानुजाज १६ वर्षको उमेरमा बेल्जियन क्लव एण्डरलेक्टबाट युनाइटेड पुगेका थिए । सन् २०१३ मा डेभिड मोएसको असफल कार्यकालका क्रममा उनी म्यान्चेस्टर युनाइटेडका नियमित खेलाडी थिए ।

उनी रायग गिग्सको ११ नम्बर जर्सीको असरी हकदार भएको मानिन्थ्यो र जानुजाजले ५ वर्षको अनुबन्ध गरेका छन् जुन सन् २०१८ मा सकिँदैछ ।

स्पेनिस ला लिगामा रियल सोसिडाड गत सिजन छैटौं स्थानमा थियो । यसले आगामी सिजन युरोपा लिगको समूह चरणमा प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment