कपुर खानदान बलिउडमा अत्यन्त शक्तिशाली छ । रणवीर कपुर यही खानदानका एक सदस्य हुन् । चलचित्रमा प्रख्यात कपुर खानदान पढाईको मामलामा भने दयनीय छ । पुरानो पुस्तादेखि नयाँ पुस्तासम्म कसैले पनि धेरै पढेको पाइदैन ।
हालै एक अन्तवार्तामा रणवीरले आफू खानदानमै सबैभन्दा पढेलेखेको व्यक्ति भएको बताए । उनले भने, ‘मैले १० कक्षामा ५६ प्रतिशत अंक ल्याएर पास भएको छु ।’
सानो छँदा आफ्नो पढाई राम्रो नरहेको उनले बताए ।
‘आमाले मलाई सँधै धम्की दिने गर्नुहुन्थ्यो कि यदि मैले राम्रोसँग पढिनँ भने बुवालाई मेरो कुरा लगाइदिनुहुनेछ । धन्न त्यतिबेला टि्वटर थिएन । नत्र बुवाले मेरो खराब मार्कसिट टि्वट गरेर सबैलाई देखाइदिनुहुने थियो,’ रणवीरले भने ।
उनले अगाडि भने, ‘जब मेरो रिजल्ट आउँथ्यो, आमा स्कुल आउनुहुन्थ्यो । हरेक पटक म उहाँसँग प्रोमिस गर्थेँ कि अब फेल हुनेछैन र राम्रोसँग पढ्नेछु । अन्ततः मैले १० कक्षा पास गरेँ र खानदानमा सबैभन्दा शिक्षित व्यक्ती बनेँ ।’
रणवीरका बाबु ऋषि कपुर ८ कक्षा फेल हुन् ।
प्रतिक्रिया 4