२९, असार, चितवन । ठूलो पहिरोका कारण बुधवार दिउँसो साँढे ३ बजेदेखि बन्द भएको नारायणगढ-मुग्लिन सडकखण्ड बिहीबार बिहान ११ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको छ ।
इच्छाकामना गाउँपालिकाको वडा नं ६ स्थित कालिखोला नजिकै चारकिलो भन्ने स्थानमा गएको सुख्खा पहिरो हटाएर दुवैतर्फ रोकिएका हजारौं सवारी पास गराउन सुरु गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दीपक थापाले जानकारी दिए ।
दुवै तर्फबाट हिजोदेखि नै आयोजनाका डोजरहरुले पहिरो पन्छाउने काम गरिरहेका छन् । मुग्लिन तर्फबाट २ वटा र नारायणगढ तर्फबाट २ वटा डोजरले पहिरो पन्छाउने काम निरन्तर गरिरहेका छन् ।
जोखिम क्षेत्रमा फसेका सवारी साधानहरुलाई वान वे वनाएर राती नै सुरक्षित स्थानमा पठाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4