+
+
Shares

पाल्पामा बाढीले बेपत्ता बनाएका चारमध्ये तीनजनाको शव भेटियो

बिजयकुमार बौडेल बिजयकुमार बौडेल
२०७४ असार २९ गते १२:३७

२९ असार, पाल्पा । सोमबार राती पाल्पाको तिनाउ खोलाले बगाएर बेपत्ता भएका चारमध्ये तीन जनाको शव बिहीबार भेटिएको छ ।

तिनाउको बाढीमा जीपसहित बेपत्ता भएकामध्ये पाल्पा माथागढी गाउँपालिका १ की ४३ वर्षीया माया गाहा, बगनासकाली गाउँपालिकाका ४० वर्षीय पदमबहादुर कुवँर मथर र तानसेन नगरपालिका भुसालडाँडाकी २६ वर्षीया उषा श्रेष्ठको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी रमेशराज पण्डितले जानकारी दिए ।

माया गाहाको शव पाल्पाको जोरधारास्थित नयाँबजार नजिकैको खोलामा र अन्य दुई जनाको शव रुपन्देहीको पथरीबाट ६ मिलोमिटर दक्षिण मर्चवार क्षेत्रमा भेटिएको हो । मृतक तीनै जनाको जिल्ला अस्पताल पाल्पामा पोष्टमार्टम गरी परिवारको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका मायाका श्रीमान ४० वर्षीय तिलबहादुर गाहा अझै बेपत्ता छन् । प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ ।

सोमबार माथागढी गाउँपालिका र तानसेन नगरपालिकाको सीमानामा पर्ने अम्लिहान पुलबाट लु १ ज १२१७ नम्बरको जीपलाई बाढीले बगाउँदा जीपमा सवार ४ जना बेपत्ता भएका थिए । बिहेभोज खाएर फर्किएका उनीहरुलाई राती १२ बजेको समयमा बाढीले बगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?