Comments Add Comment

कांग्रेसले बोलायो प्रदेश २ नम्बरको भेला

संविधान संशोधन गरेर मात्र चुनावमा जान दबाव दिने तयारी

२९ असार, काठमाडौं । नेपाली कांग्रेसले तेस्रो चरणको चुनावबारे छलफल गर्न २ नम्बर प्रदेशको भेला आयोजना गर्ने भएको छ । दोस्रो चरणमा चुनाव भएका मधेशका ११ जिल्लामा समेत एमाले पहिलो भएपछि कांग्रेसले मधेस एजेण्डाबारे कार्यकर्ताकेा राय लिन लागेको हो ।

कांग्रेसले साउन ५ गते प्रदेश २ नम्बरका केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापति र क्षेत्रीय सभापतिहरुको भेला आह्वान गरेको हो । असोज २ गते हुने तेस्रो चरणको चुनावका सन्दर्भमा राय सुझाव लिन भेला आयोजना गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले बताए ।

कांग्रेसले यसअघि प्रदेश भेला गरेर कार्यकर्ताको सु्झाव नलिदा पनि केही ठाउँमा हार व्यहोर्नुपरेको मुल्यांकन गरेको छ ।

२ नम्बर प्रदेशको भेलामा संविधान संशोधनको छिनोफानो गर्न र स्थानीय तहको संख्या बढाएरमात्र चुनावमा जान जिल्ला नेता तथा सांसदहरुले दबाव दिने तयारी गरेको स्रोतले जनाएको छ । बिना उपलव्धी चुनावमा जाँदा कांग्रेस पराजित हुने निष्कर्ष कांग्रेसका मधेसी नेताहरुको छ ।

एक कांग्रेस सांसदले भने, ‘हामीले एमालेलाई मधेस बिरोध भनेर पहाड मधेस सबैतिर प्रचार गर्‍यौं । तर, जनताले पहाड र मधेश दुवैतिर एमालेलाई नै ठूलो पार्टी बनाइदिए । अब बिना उपलव्धी गयौं भने २ नम्बर प्रदेशमा पनि हामी पछि पर्छौं ।’

टिकट वितरण लगायत जिल्लाको बस्तुगत अवस्थाबारे भेलामा जानकारी लिइने कांग्रेसले जनाएको छ । भेलामा सभापति शेरवहादुर देउवा, नेता रामचन्द्र पौडेल लगायतका नेता पनि सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment