+
+
Shares

एकल महिलालाई युवाहरुले बनाइदिए घर

आशिष मल्ल आशिष मल्ल
२०७४ असार ३१ गते १४:०१

३१ असार, डडेल्धुरा । डडेल्धुराका युवाहरुले एकल महिलाका लागि घर निर्माण गरेको हस्तान्तरण गरेका छन् । ३ लाख १० हजार लागतमा निर्माण गरिएको २ कोठा र भान्सा सहितको घर शनिबार नन्दादेवी पाठकलाई हस्तान्तरण गरिएको हो ।

घरको साँचो अमरगढी नगरपालिकाका प्रमुख बिशेश्वर प्रसाद ओझा र उपप्रमुख संगिता भण्डारीले हस्तारण गरेका हुन् ।

उनका लागि सामाजिक एकता क्लबको पहलमा युवाहरुले घर निर्माण गरिदिएका हुन् । सामाजिक रुपान्तरका लागि राज्यको मात्रै नभई समाजमा रहेका युवाहरुको पनि दायित्य हुने सामाजिक एकता क्लबका अध्यक्ष रबिन्द्र केसीले बताए ।

आफुहरुले व्यक्तिगत रकम उठाएर तथा विभिन्न निकायको सहयोगमा ३ लाख १० हजार लागतमा घर निर्माण सम्पन्न गरेको क्लबका महासचिव बाबुराम श्रेष्ठले बताए ।

युवाको यो अभियानले आटे सम्भव छ भन्ने उदाहरण दिएको अमरगढी नगरपालिकाका नगरप्रमुख ओझाले बताए ।

घर पाएपछि नन्दाको खुसीको सीमा नै छैन । अमरगढी नगरपालिका सिलिङ्गधारा निवासी पाठकले करीव २० वर्ष अगाडि श्रीमान गुमाएकी थिइन र १५ वर्षे छोराका साथ बस्दै आएकी थिइन । उनको घर करिब ७ आठ महिना अघि भत्किएपछि रेडक्रसले दिएको पालमुनी बस्दै अआएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?