+
+
Shares

११ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस, नवराज सिलवाल परेनन्

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ३१ गते १५:५१

३१ असार, काठमाडौं । गृह मन्त्रालयले ११ प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको छ ।

तर, डीआईजी नवराज सिलवाल भने सिफारिसमा परेका छैनन् । आईजीपीका दाबेदार रहेका उनले हालेको मुद्दा सर्वोच्च अदालतमा अझै विचाराधीन छ ।

बढुवा सिफारिस समितिको बैठकले एआईजीमा बढुवा गर्न सिफारिस गरेकाहरुमा बमबहादुर भण्डारी र जयबहादुर चन्द छन् । दुबै आईजीपीका दाबेदार थिए ।

प्रचण्ड सरकारले सुरुमा चन्दलाई प्रहरी प्रमुख बनाएको थियो । तर, आईजीपीका दाबेदार नवराज सिलवालले दायर गरेको रिटमा सर्वोच्चले उनको नियुक्ति खारेज गरेपछि सरकारले प्रकाश अर्याललाई आईजीपीमा बढुवा गरेको छ । त्यसविरुद्ध पनि सिलवाल अदालत गए । यो मुद्दा अझै विचाराधीन छ ।

भण्डारीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी र चन्दलाई लागू औषध नियन्त्रण ब्यूरो प्रमुख सिफारिस गरिएको छ ।

यस्तै एआईजीका लागि सिफारिस भएकाहरुमा देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्त, कमल सिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?