Comments Add Comment

एसएमएसको जवाफ नदिँदा रणवीरलाई अमिताभले दिए कडा डाइलग

हेर्दाहेर्दै रणवीर सिंह बलिउडका ठूला स्टार बनेका छन् । उनका फिल्महरु एकपछि अर्को हिट भइरहेका छन् । अहिले संजय लीला भन्सालीको फिल्म ‘पद्मावती’ व्यस्त रहेका रणवीरले गत ६ जुलाईमा प्रेमिका दिपिका पादुकोणासँग जन्मदिन मनाए ।

जन्मदिनकै प्रसंगमा उनको अर्को खबर पनि आएको छ । अमिताभले रणवीरको जन्मदिनमा शुभकामना एसएमएस पठाएका रहेछन् । तर, रणवीरले त्यो देखेनन् कि के भयो, म्यासेजको रिप्लाई गरेनन् । त्यसपछि त दिग्गज अभिनेता अमिताभ बच्चनले सार्वजनिकरुपमै रणवीरलाई हप्काए ।

रणवीरले टि्वटरमा आफूलाई वर्थ डे विस गर्नेहरुलाई धन्यवाद दिइरहेका बेला अमिताभले हप्काएका हुन् ।

उनले रणवीरलाई मेन्सन गर्दै लेखेका छन्, ‘मैले तिमीलाई बर्थडे विस गरेको थिएँ । तर, तिमीले मलाई कुनै जवाफ दिएनौ । के तिमीलाई मेरो म्यासेज हेर्नेसम्म फुर्सद भएन ?’

अमिताभको कमेन्ट पढेर आत्तिदै रणवीरले रिप्लाई गरे, ‘मैले तपाईंलाई रिप्लाई गरेको थिएँ । मैले तपाईंको म्यासेज दुई पटक हेरेको थिएँ । यहाँसम्म कि मलाई त्यस दिन विस गर्ने तपाईं पहिलो व्यक्ति हुनुहुन्थ्यो ।’

यसअघि अमिताभले अभिनेत्री सोनम कपुरलाई पनि आफ्नो शुभकामना सन्देशको जवाफ नदिएको भनेर सामाजिक सञ्जालमा थर्काएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment