Comments Add Comment

बाढीले बगाएर डडेल्धुरामा १ बेपत्ता

१ साउन, डडेल्धुरा ।  नदीले बगाउँदा जिल्लामा एक जना वेपत्ता भएका छन । बैतडी र डडेल्धुराको बीचमा पर्ने सोर्नाया नदीले बगाउँदा जिल्लाको अजयमेरु गाउँपालिका -६ राजुलका अन्दाजी ३३ वर्षीय राज मल्ल वेपत्ता भएका हुन ।

शनिवार दिउँसो २ बजे नदीमा माछा मार्न जाँदा मल्ललाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । उनको खोजीका लागि प्रहरी टोली घटनास्थल पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment