Comments Add Comment

डोल्पाका दुई स्थानीय तहको बजेट ३८ करोड

गाउँगाउँमा मोटरबाटो र साना जलबिद्युत आयोजना प्राथामिकतामा

१ साउन, डोल्पा । डोल्पाका दुईवटा स्थानीय तहमा ३८ करोड बराबरको बजेट प्रस्तुत गरिएको छ ।

ठुलीभेरी नगरपालिका र काईके गाँउपालिकामा ३८ करोड बराबरको बजेट प्रस्तुत गरिएको हो ।

शुक्रबार सदरमुकामा दुनैमा उद्घाटन गरेर शनिवार सम्पन्न भएको ठुलीभेरी नगरपालिकाको बजेट अधिबेशनबाट २३ करोड ७२ लाख ९० हजार बजेट प्रस्तुत गरिएको हो ।

जसमा चालु खर्च ३ करोड ७५ लाख तथा पुँजीगत खर्च १९ करोड १७ लाख ९० हजार रहेको कार्यकारी अधिकृत गोविन्द सुनारले जानकारी दिए ।
त्यस्तै शुक्रबारबाटनै सुरु भएको काईके गाँउपालिकामा अधिवेशबाट साडे १४ करोड बराबरको बजेट प्रस्तुत गरिएको छ ।

जसमा चालु खर्च तर्फ २ करोड ५० लाख ,पुँजीगत खर्चतर्फ ९ करोड २२ लाख ५८ हजार तथा अनुदान रकम २ करोड ७३ लाख ७२ हजार गरेर जम्मा १४ करोड ४६ लाख ३० हजार ८ सय ४९ को बजेट प्रस्तुत गरिएको अधिकृत कमलराज उपाध्यायले जानकारी दिए ।

प्राथमिकतामा सडक र साना जलविद्युत आयोजना

दुईवटै स्थानीय तहका बजेटको पहिलो प्राथामिकतामा गाँउगाँउमा मोटरबाटो निर्माणका साथै त्यसपछिको साना जलबिद्युत आयोजना लाई राखिएको छ ।

बाँकी बजेट विभिन्न वडाहरुको माग अनुसारका क्षेत्रमा विनियोजन गरिएको जनप्रतिनिधिहरुले बताए ।

ठुलीभेरी नगरपालिकाको हावापानी अनुसार कृषिजन्य उत्पादन अन्तर्गत फलफूल खेती, व्यबसायिक पशुपालन तथा घरेलु उद्योगधन्दा संञ्चालनमा सहयोग पुग्ने किसिमका योजनाहरु छनोट गरिएको ठेलीभेरी नगरपालिकाका उप-मेयर योगेन्द्रबहादुर शाहीले बताए ।

यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका जनताको गरिबी निवारणमा टेवापुग्ने उनको भनाइ छ ।

गाउँगाउँमा मोटरबाटो निर्माण,दुई दिनमा २० घण्टा हुने लोडसेडिङ अन्त्य गर्न साना जलबिद्युत ब्यबस्थापन,हवाई उडानलाई व्यबस्थित,संञ्चार सुविधा घरघरमा बिस्तार लगायतका २७ वटा नीति तथा कार्यक्रमहरु तय गरिएको उप-मेयर शाहीले जानकारी दिए ।

दुईवटै स्थानीय तहले शिक्षा,स्वास्थ्य,पर्यटन लगाएतका क्षेत्रलाई पनि उचित संबोधन गरिएको जनप्रतिनिधिहरुले बताएका छन् ।

स्थानीय स्तरमै ठुलो रकममा बजेट विनियोजन गर्न पाउँदा दुईवटै स्थानीय तहका जनप्रतिनिधिहरु हषिर्त भएका छन् ।

स्थानीय समस्यालाई प्रत्यक्ष रुपमा पहिचाहान गरेर आवाश्यकता अनुसार विनियोजन गरिएको बजेटले पक्कैपनि गाउँगाउँमा विकासका मूलहरु फुट्ने जनप्रतिनिधिहरुले विश्वास व्यक्त गरे ।

रामचन्द्र न्यौपाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment