Comments Add Comment

पोखरीमा डुबेर बालिकाको मृत्यु


१ साउन, रौतहट । रौतहटको मौलापुर गाँउपालिका-१ मा आइतबार बिहान पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

मौलापुर गाउपालिकाको बैरगनियास्थित पोखरीमा नुहाउने क्रममा डुब्दा ४ वर्षीया बालिका पि्रयन्सी कुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रीयन्सी कुमारी र सोनी कुमारी नुहाउने क्रममा पोखरीमा डुबेको खबर पाए लगतै स्थानीय र प्रहरीले दुवैको उद्दार गरेका थिए ।

उपचारका लागि जिल्ला अस्पताल गौर ल्याउने क्रममा पि्रयन्सीको मृत्यु भएको हो ।

अर्का बालिका सोनी कुमारीको उपचार कटहरीयामा रहेको स्थानीय सामुदायिक मेडिकलमा भइरहेको र अवस्था सुधार हुदै गएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक तथा प्रवक्ता नविनकृष्ण भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment