Comments Add Comment

साउन रेसेपीः यसरी बनाउनुहोस् भेजिटेरियन फिस


साउनमा धेरैले माछा मासु खाँदैनन् । यस्तो अवस्थामा राम्रो विकल्प हुनसक्छ, भेजिटेरियन फिस । यसको स्वाद माछाको जस्तै हुने भएकाले ‘भेजिटेरियन फिस’ भनिएको हो । निकै स्वादिलो यो परिकार बनाउन धेरै समय लाग्दैन र खर्चालु पनि छैन । पिँडालुको पात र मुसुरो दाल भए पुग्छ ।

पिँडालुको पात यतिबेला सजिलै उपलब्ध हुन्छ । यो पोषक तत्वले भरिपूर्ण समेत हुन्छ । यसमा आइरन, कयाल्सियम, प्रोटिन, कार्बोहाइड्रेड जस्ता पोषक तत्व हुन्छ । अतः यसलाई विभिन्न परिकारको रुपमा सेवन गर्न सकिन्छ । त्यसैमध्येको हो, भेजिटेरियन फिस ।

सामग्री

१. मुसुरो दाल

२. पिँडालुको पात

३. अदुवा र लसुनको पेस्ट

४. जिरा धुलो

५. नुन

६. तेल

बनाउने विधी


– मुसुरो दाललाई ३० मिनेट जति भिजाउने । त्यसलाई राम्ररी पिस्ने ।

– अब पिसेको दालमा अदुवा-लसुनको पेस्ट, जिराको धुलो, नुन हालेर राम्ररी मोल्ने ।

– उक्त मिश्रणलाई थोरै-थोरै गरेर पिँडालुको पातमा राख्ने । अब त्यसलाई पातले रोल गर्ने ।

– यसरी दाल रोल गरेको पातलाई हल्कासँगले बाँध्ने ।

– त्यसलाई मम पकाउने वा अन्य भाँडमा राखेर बफाउने ।

– बफाइसकेपछि उक्त रोललाई माछालाई झै मझौला आकारमा स्लाइस गर्ने ।

– अब एउटा कराहीमा तेल तताउने ।

– स्लाइस गरेको टुक्रालाई तेलमा सुनौलो रंगको हुनेगरी तार्ने ।

यसरी तयार भएको भेजिटेरियन फिसलाई स्न्याक्सको रुपमा अचारसँग वा खानासँग पनि सेवन गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment