Comments Add Comment

चितवनमा ‘संरक्षण’को प्रिमियर हुने


चितवनमा चलचित्र ‘संरक्षण’को रेड कार्पेट प्रिमियर हुने भएको छ । लक्की मिडिया हाउसले साउन २५ गते यो चलचित्रको प्रिमियर गर्न लागेको हो ।

साउन २७ गतेबाट यो चलचित्र देशभरका हलमा रिलिज हुनेछ । क्यूएफएक्स जलमा हलमा चलचित्रको प्रिमियर गर्न लागिएको आयोजकले जनाएको छ ।

नेपालमा समसामयिक राजनीतिक गतिविधीमा तयार पारिएको यो चलचित्रलाई लिएर दर्शकमा उत्साह थपिएको छ । मधेसको मुद्दालाई यो चलचित्रले उठान गरेको छ । चलचित्रमा सौगात मल्ल, निखिल उप्रेती, मलिना जोशी, अशिष्मा नकर्मी, प्रमोद अग्रहरी लगायतका कलाकारको मुख्य भूमिका छ । रेड कार्पेटमा चलचित्र क्षेत्रका कलाकर्मीलाई निम्तो गरिने लक्की मिडिया हाउसले बताएको छ ।

कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारलाई सम्मान पनि गरिनेछ । पुर्णेन्दु झाको निर्देशनमा तयार भएको यो चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन, प्रवेश मल्लिकको संगीत छ । प्रदिपकुमार उदय, नरेन्द्र महर्जन र श्वेता शाहले मिलेर यो चलचित्र निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment