Comments Add Comment

सल्यानको गैलीबजारमा बाढी पस्यो, स्थानीय विस्थापित

२ साउन, सल्यान । सल्यान गैलीबजारका आधा दर्जन घरमा बाढी पसेको छ । बाढी पसेका घरका बासिन्दा विस्थापित भएका छन् ।

सोमबार बिहान ३ बजेतिर परेको अविरल वर्षाका कारण बनगाड खोलामा आएको बाढी बजारमा पसेको हो । बाढीका कारण पुष्कर वि.सी, लालबहादुर शाही, हरि वि.क., हरि ग्रिल उद्योग, विनिता नास्ता पसल, मेघराज गिरी, दिनेश पुनको घर तथा पसलमा क्षति पुगेको छ ।

खोलाले पुष्कर वि.सीको लाखौंको धनमाल बगाएको छ । त्यसैगरी हरि वि.क.को गि्रल उद्योगमा रहेको वेल्डिङ मेसिन, बाख्रा र अन्य सरसामान बगाएको छ ।

त्यसैगरी छिन्चु-जाजरकोट सडक खण्डमा सञ्चालन हुने यातायातका साधनहरु समेत बिचबाटोमै रोकिएका छन् ।

यसैबीच बनगाड कुपिण्डे वडा नम्बर ५ मैनेनीका टेकबहादुर पुनको गाईगोठ पहिरोले बगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment