+
+
Shares

सडकमा चिप्लिएर दैलेखमा एक जनाको मृत्यु

टेकबहादुर ओली टेकबहादुर ओली
२०७४ साउन ३ गते १५:२१

३ साउन,दैलेख । दैलेखको आठबीस नगरपालिकामास्थित पाफेखोलामा हिले सडकको छेउबाट लडेर खोल्सामा खस्दा एक जनाको मृत्यु भएको छ ।

खम्बडाँडाबाट घर जाने क्रममा पाफेखोलामा खसेर आठबीस नगरपालिका-१ सात्तलाका ३८ वर्षका टेकराज जैसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय मेडिकलमा उपचार गरी घर फर्किने क्रममा मध्यपहाडी लोकमार्गको सडक किनाराबाट खोलामा सोमवार साँझ खसेको प्रहरीले जनाएको छ ।

उपचार गरेर घर र्फकनै लागेको भन्दै घरमा खबर गरेका जैसी घर नआएपछि खोजी गर्दा आज बिहान मात्र शव फेला परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?