Comments Add Comment

चेल्सीसँग कोन्टेले गरे २ वर्षको थप सम्झौता

काठमाडौं । प्रिमियर लिग च्याम्पियन चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले क्लवसँग २ वर्षको विस्तारित सम्झौता गरेका छन् ।

नयाँ सम्झौताले चेल्सीका लागि उनको प्रतिबद्धतामा कुनै असर पर्ने छैन, किनभने उनले गत वर्ष नै चेल्सीका लागि ३ वर्षको सम्झौता गरिसकेका थिए ।

‘नयाँ सम्झौतामा म निक्कै खुसी छु’ इटली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक ४७ वर्षीय कोन्टेले भने ।

‘हामीले पहिलो वर्ष निक्कै मेहनत गर्‍यौं र यो अदभुत सफलता हासिल गर्‍यौं, यसमा मलाई निक्कै गर्व छ, हामी शीर्ष स्थानमै रहनका लागि अझै कठिन काम गर्नुपर्छ ।’

क्लवसँग लामो समयको सम्झौता गर्न इच्छुक रहेको टिप्पणी गरेको केहि दिनमै कोन्टेले बिस्तारित सम्झौता गरेका हुन् ।

गत मे मा उनले भनेका थिए कि उनी कयौं वर्षसम्म चेल्सीमा रहन चाहन्छन् । जहाँ उनले भनेका थिए, ‘यदि मलाई यहाँ रहनका लागि अनुबन्ध बिस्तार गर्ने अवसर दिइन्छ भने निश्चित रुपमा म उपलब्ध हुनेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment