Comments Add Comment

सौगात र अशिष्माको प्रेममा पीडा


नायक सौगात मल्ल र नायिका अशिष्मा नकर्मीको जोडीलाइ दर्शकले पर्दामा देख्न पाउने भएका छन् । साउन २७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘संरक्षण’मा सौगात र अशिष्मा जोडीको रुपमा देखिएका छन् ।

यो चलचित्रमा समावेश एक स्याड गीतको भिडियो काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । स्वरुपराज आचार्यको आवाजमा समावेश ‘संझनाको सारंगी’ बोलको गीतको भिडियो एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ओ । गीतमा धिरेन्द्र प्रेमर्षीको शब्द, प्रवेश मलिकको संगीत यो गतिमा छ ।

च्लचित्रका मुख्य कलाकार सौगात मल्ल र अशिष्मा नकर्मीलाई यो भिडियोमा फिचरिङ गरिएको छ । नरेन्द्र महर्जन, प्रदिपकुमार उदय, नन्दु श्रीवास्तव र स्वेता शाहको लगानी रहेको फिल्मलाई पुर्णेन्दु झाले निर्देशन गरेका हुन् ।

चलचित्रमा निखिल उप्रेती, मलिना जोशी, रमेश रन्जन, प्रमोद अग्रहरी लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment