+
+
Shares

एमाले नेता नेपालको गाडीमा तोडफोड, दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ८ गते १०:५१

८ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल चढेको गाडीमा गएराति तोडफोड भएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानले उनको स्मृतिमा पुष्पलालको जन्मस्थल रामेछाप बजारमा आयोजना आयोजना गरेको कार्यक्रममा भाग लिन शनिबार साँझ रामेछाप पुगेका नेपाल चढेको बा ५ प २७५० नम्बरको प्राइवेट गाडी पार्किङ गरेर राखेको अवस्थामा रामेछाप नगरपालिकाको रामेछाप बजारमा तोडफोड गरिएको हो ।

रामेछाप बजारका ताकाकोसी गेष्ट हाउसमा बसेका नेपाल चढेको गाडी गेष्ट हाउस नजिकै सार्वजनिक स्थलमा पार्किङ गरी राखिएको थियो । बिहान राखिएकै स्थानमा उनी चढेको गाडी शिसा फुटेको अवस्थामा भेटिएको थियो ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जना कांग्रेस कार्यकर्ताहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप बजारका कांग्रेस कार्यकर्ताहरु सागर कुमार श्रेष्ठ र मनोज श्रेष्ठ रहेका छन् । नेपाली कांग्रेस नगर समितिले भने आफ्ना कार्यकर्ताहरु निर्दाेष भएको भन्दै उनीहरुलाई पक्राउ गरेकोमा पत्रकार सम्मेलन गरी आपत्ति जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?