+
+
Shares

डा. केसी ११ औं पटक अनसन बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ९ गते ९:००

९ साउन, काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले फेरि अनसन बस्ने भएका छन् । उनले अपराहृन ४ बजे ११ औं अनसन सुरु गर्दैछन् ।

विगतका सम्झौता कार्यान्वयनमा सरकारले कुनै चासो नदेखाएपछि अनसन बस्न बाध्य भएको डा. केसीले बताए । ‘माग सुनुवाईका लागि अहिलेसम्म सरकारबाट कुनै पहल नएको अवस्थामा अनसनको विकल्प भएन’ उनले अनलाइनखबरसँग भने ।

डा. केसीले आफ्ना मागहरु पुरा गर्न सरकारलाई असार ३१ गतेसम्मको अल्टिमेटम दिएका थिए । अनसन नबस्न भएको आग्रहलाई मध्यनजर गर्दै उनले त्यसपछि पनि केही दिन पर्खिए । तर, सरकारका प्रतिनिधिले सम्पर्क समेत गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?