Comments Add Comment

सिमलामा नेपालीहरु आन्दोलनमा, सुरज ‘हत्या’को छानविन गर्न माग

९ साउन, काठमाडौं । प्रहरी हिरासतमा नेपाली युवाको मृत्यु भएको घटनाको छानविन गर्न माग गर्दै भारतको हिमान्चल प्रदेशस्थिति सिमलामा नेपालीहरु आन्दोलनमा उत्रेका छन् ।

हिमान्चल प्रदेशमा रहेका १ लाख ८४ हजार कामदारमध्ये १७.५ प्रतिशत नेपालीहरु भएको बताइन्छ ।

यहाँको ४ हजार करोडको स्याउ खेतीको मुख्य आधारस्तम्भका रुपमा नेपाली कामदारहरुलाई लिइन्छ ।

स्याउ उत्पादकहरुले यतिबेला फसल भित्र्याउने तयारी गरिरहेको बेला नेपालीहरुले आन्दोलनमा उत्रेका हुन् ।

एक बालिकाको बलत्कारपछि हत्या गरेको आरोपमा सुरज नाम गरेका २९ वर्षीय नेपालीलाई गत साता पक्राउ गरेर हिरासतमा राखिएको थियो । उनको गत बुधबार मृत्यु भएको छ ।

घटनामा मुख्य अभियुक्त राजेन्द्रसँगको झगडाका क्रममा उनको मृत्यु भएको दावी प्रहरीको छ भने नेपालीहरुले चरम यातनाले मृत्यु भएको आशंका गरेका छन् । शनिबारदेखि केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई)ले यो मुद्दा हेर्न थालेको छ ।

अखिल भारतीय एकता मञ्चले निष्पक्ष अनुसन्धानको माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ । ‘नेपालीहरुलाई यति खराब व्यवहार गरिनु दुःखद कुरा हो । हामी यहाँ आफ्नो जीविकोपार्जनका लागि आएका हौं । सुरजको गल्ती के थियो र उसलाई कसले मार्‍यो, सरकारले स्पष्ट बताउनुपर्छ,’ समाजका अध्यक्ष शुभ रामले भने ।

‘मैले कलिलो उमेरकी सुरजकी बिधवालाई भेटेँ, उनको गल्ती के थियो ? सरकारले उनलाई क्षतिपूर्ति दिनुपर्छ र उनको जिविकाको प्रवन्ध गर्नुपर्छ,’ नेपाली एकता मञ्चका प्रमुख जोखा रामले भने ।

सरकारले यस घटनालाई निष्पक्ष छानविन नगर बगैंचामा काम गरिहेका सबै नेपालीहरुलाई आफ्नो काम रोक्न आह्वान गर्ने नेपाली नेताहरुले चेतावनी दिएका छन् ।

सिमला जिल्लाले गत वर्ष दुई लाख ६५ हजार ९ सय ८७ टन स्याउ उत्पादन गरेको हिमान्चल सरकारको रेकर्ड छ । स्याउ खेती हुने क्षेत्रमा मौसमी रोजगारीका लागि जुलाईको मध्यदेखि सेप्टेम्बर अन्तिमसम्म ठूलो संख्यामा नेपालीहरु सिमला पुग्छन् ।

स्याउ खेतीका लागि प्रसिद्ध सिमलास्थित कोटखाईका कृषकहरु नेपालीहरुको सम्भावित आन्दोलनले त्रशित बनेका छन् । ‘कोटखाईमा बिहीबार प्रहरी चौकीमा आगजनी हुँदा आन्दोलनको अग्रपंतिमा नेपालीहरु थिए । उनीहरु साँच्चै धेरै आक्रोशित छन्,’ एक स्थानीय माली रोहित चौहानले हिन्दुस्तान टाइम्सलाई भने ।

यता, केही नेपालीहरु भने कोटखाई हत्या वा सुरजको मृत्यु सम्वन्धमा अनजान देखिएका छन् ।

‘मलाई हत्याको विषयमा केही थाहा छैन, म हालै मात्र नेपालबाट आएको हुँ र रत्नारीमा एक मालीसँग काम गर्नेछु,’ नेपालको दाङ जिल्लाबाट आएका मानबहादुरले भने । आफू स्याउको सिजनका लागि यहाँ आएको र सिजन सकिएपछि नेपाल फर्किने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment