+
+
Shares

पेस्तोलसहित तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ९ गते १७:५८

९ साउन, काठमाडौं । प्रहरीले पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।

चितवन बघौडा नगरपालिका-१ का २७ वर्षे अनिल महतो, रामेछापको खनियाँपानी-३ का २७ वर्षे महेश लामा र काभ्रेको पात्लेखेत-१ का २४ वर्षे रोदन लामालाई प्रहरीले काठमाडौं महानगरपालिका-४ सुकेधाराबाट पक्राउ गरेको हो ।

काठमाडौं उपत्यकाका विभन्नि स्थानमा हातहतियारसहित अपराधिक क्रियाकलापमा संलग्न रहेको भन्ने विषेश सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध विभाग टेकुले जानकारी दिएको छ ।

उनीहरुको साथबाट लुकाइ राखेको अवस्थामा एउटा कटुवा पेस्तोल र ३०३ थान गोली बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका तीनै जनालाई महानगर प्रहरी परिसर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?