९ साउन, काठमाडौं । ज्योति विकास बैंक स्थापनाको नवौं वर्ष पुरा गरी १०औं वर्षमा गरेको छ । यसको स्थापना २०६५ साल साउन ९ गतेदेखि भएको हो ।
विकास बैंकको पश्चिममा जाजरकोट र पूर्वमा खोटाङ सहित मुलुकभरिमा ३२ वटा शाखा संजाल छन् । झिमरुक विकास बैंकसँग गत साउनमा मर्जर गरी एकिकृत कारोवार संचालन भए पश्चात प्युठान जिल्लामा मात्रै ५ वटा शाखाहरु छन् ।
त्यस्तै पवित्र धार्मिकस्थल देवघाटमा र प्यूठान जिल्लाको स्वर्गद्वारी प्रवेश गर्ने फेंदी भिंगृमा समेत गरी १४ वटा एटीएम सञ्चालनमा छन् ।
यो आर्थिक वर्षमा ८ वटा एटिएम थप गर्ने योजना रहेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति गर्ने कार्य अन्तिम अन्तिम चरणमा रहेकोले सो प्राप्ति पश्चात ५ वटा शाखा थप हुनेछ । यसै वर्षभित्र ५० वटा शाखाहरु पुर्याउने लक्ष्य सहित कार्य भैरहेको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया 4