+

उच्च रक्तचाप हुँदा के-के गर्नुपर्छ ?

२०८० भदौ  २० गते १२:४७ २०८० भदौ २० गते १२:४७
उच्च रक्तचाप हुँदा के-के गर्नुपर्छ ?

अहिलेको व्यस्त जीवनशैलीमा उच्च रक्तचाप धेरैमा देखिने दीर्घरोग बनेको छ । उच्च रक्तचाप हुँदा शरीरमा तत्कालै कुनै जटिल समस्या नदेखिने भएकाले धेरैले यसलाई गम्भीरतापूर्वक लिएको पाइँदैन । तर यसकै कारण स्वास्थ्यमा ठूलो समस्या आउन सक्छ ।

त्यसैले आफ्नो रक्तचाप कति छ भन्ने थाहा पाउन बेलाबेलामा परीक्षण गरिरहनुपर्छ । सामान्यतया माथि १४० सम्म र तल ८०-९० भएमा रक्तचाप सामान्य भएको मानिन्छ ।

माथिको १२० देखि १३९ वा तलको ८० देखि ८९ सम्मको अवस्थालाई भने प्रिहाइपरटेन्सन भनिन्छ । यो उच्च रक्तचाप हुनुभन्दा अगाडिको अवस्था हो । यदि माथिको रक्तचाप १४० वा सो भन्दा बढी भएको अवस्थालाई उच्च रक्तचाप भनिन्छ ।

रक्तचाप भएपछि औषधि खाने कि नखाने ?

पहिला त साँच्चिकै रक्तचाप बढेको हो कि होइन थाहा पाउनुपर्छ । किनकि कहिलेकाहीं ज्वरो आउँदा, तनाव, डर, त्रास, आकस्मिक घटनाका बेला रक्चाप बढ्न सक्छ । यस्तै मर्निङवाक वा व्यायाम गर्ने बित्तिकै रक्तचाप नाप्दा उच्च देखाउन सक्छ । तर त्यो क्षणिक मात्र हुन्छ यस्तो बेला औषधि खाइहाल्नुपर्दैन ।

तर २४ घण्टा डाक्टरको निगरानीमा एबीपीएम विधिबाट रक्तचाप परीक्षण गर्दा बढेको अवस्थामा भने औषधि खानुपर्ने हुन्छ । औषधि नखाँदा शरीरको मुख्य-मुख्य भागमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा असर गर्छ । जस्तै मुटु कमजोर हुने मांसपेशी कमजोर हुने, मस्तिष्कघात हुन सक्ने, आँखाको दृष्टि कमजोर हुने जोखिम हुन्छ । जुनसुकै समयमा हृदयघात, मस्तिष्कघात, ब्रेनह्याम्रेज, मिर्गौला फेल तथा प्यारालाइसिससमेत हुन सक्छ ।

औषधि खानुपरे जीवनभर खानुपर्छ ?

उच्च रक्तचाप भइसकेकाहरुले औषधि खानुपर्छ । यो औषधि बाँचुञ्जेलको लागि भन्दा पनि बच्नलाई खाने हो भनेर बुझ्नुपर्छ । रक्तचाप अनियन्त्रित हुँदा शरीरका विभिन्न अंगलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा असर गर्छ । त्यसैले उच्च रक्तचाप भएका व्यक्तिको रक्तचाप सन्तुलन गर्न र अन्य अंग जोगाउन औषधि आवश्यक छ । त्यसैले जीवनभर खानुपर्छ भनेर बहाना बनाएर नखाने वा छाडेमा बिरामीको अकालमै मृत्यु हुने जोखिम हुन्छ ।

औषधिले मात्र ठीक हुन्छ ?

उच्च रक्तचाप नियन्त्रणका लागि सबैभन्दा पहिलो उपाय औषधि खानु हो । बिस्तारै जीवनशैली परिवर्तन गरेर उच्च रक्तचाप नियन्त्रण भएमा चिकित्सको सल्लाहमा औषधि खान छाड्न पनि सकिन्छ ।

यसबाहेक बिरामीले नियमित व्यायाम गर्ने, ताजा, स्वस्थ र सन्तुलित खानपान गर्ने, नुन कम खाने गरेर पनि रक्तचाप नियन्त्रण गर्न सकिन्छ ।

उच्च रक्तचाप भएमा कस्तो खानेकुरा खाने, कस्तो त्याग्ने ?

हरियो सागपात, फलफूल, फाइबरयुक्त खानेकुरा प्रशस्त मात्रामा सन्तुलन मिलाएर खानुपर्छ ।

बजारमा पाइने प्याकेट फुड, प्रशोधित खानेकुरा, चिल्लो र नुन धेरै भएका खानेकुरा त्याग्नु राम्रो हुन्छ । यस्तै धुम्रपान र मदिरा सेवन गर्ने बानी छ भने त्यसलाई पनि छोड्नुपर्ने हुन्छ । उच्च रक्तचाप भइसकेका व्यक्तिले औषधि मात्र खाएर खानामा कुनै परिवर्तन नगर्ने हो भने लाभदायक हुँदैन ।

सुत्ने, उठ्ने तालिका र व्यायाम

कम्तीमा सातदेखि आठ घण्टा नियमित सुत्नुपर्छ । त्यसपछि बिहान उठ्ने नियमित जस्तो शारीरिक व्यायाम जस्तै एरोबिक, ध्यान र योग गर्न सकिन्छ । यसले उच्च रक्तचाप कम वा नियन्त्रण गर्न मद्दत गर्छ । उच्च रक्तचाप भएको बिरामीले वेट लिफ्टिङ वा अन्य भारी खालको व्यायाम गर्नुहुँदैन, यसले रक्तचाप बढाउन सक्छ ।

(मुटुरोग विशेषज्ञ डा. विष्ट मोरङको टंकीसिनुवारीस्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालका मोरङका कन्सल्टेन्ट कार्डियोलोजिस्ट हुन् । उनले सिंगापुरस्थित नेसनल हार्ट सेन्टरबाट इन्टरभेन्सल कार्डियोलोजी फेलोसिप गरेका छन् । डा. विष्टसँग रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

‍औषधि उच्च रक्तचाप
लेखक
डा. माधव विष्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’

सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’

नेपाल कुष्ठरोग निवारण संघको ५३ औं केन्द्रीय सभा सम्पन्न

नेपाल कुष्ठरोग निवारण संघको ५३ औं केन्द्रीय सभा सम्पन्न

‘काउन्सिलको साख सुधार्न संरचनात्मक परिवर्तन आवश्यक’

‘काउन्सिलको साख सुधार्न संरचनात्मक परिवर्तन आवश्यक’

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग