१० साउन, काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडको विशेष साधारण सभाले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय पारित गरेको छ ।
हकप्रद सेयर जारी गरे पश्चात संस्थाको चूक्ता पुंजी रु. ७८ करोड ९ लाख पुग्ने र बाँकी पुँजी बोनस सेयर दिएर पुर्याउने भएको छ । ग वर्गको वित्तीय संस्थाको चुक्ता पुँजी ८० करोड हुनुपर्छ ।
सेन्ट्रल फाईनान्स र भक्तपूर फाईनान्स एक आपसमा मर्ज पश्चात सेन्ट्रल फाईनान्सको नामबाट एकिकृत कारोबार शूरु भएको संस्थाको हाल चूक्ता पुंजी ५२ करोड ६ लाख, निक्षेप रु. २ अर्ब ७३ करोड, कर्जा लगानी रु. २ अर्ब ४१ करोड रहेको छ ।
काठमाडौंको चावहिल, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल तथा भक्तपूरको च्यामासिंहमा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4