Comments Add Comment

परस्त्रीसँग अवैध सम्वन्ध राखेको भन्दै असर्इमाथि कुटपिट, ६ लाख तिराइयो

१० साउन, भोजपुर । परस्त्रीसँग अवैध सम्वन्ध राखेको भन्दैभोजपुरमा कार्यरत प्रहरी असई देवेन्द्र फुयाँलमाथि कुटपिट भएको छ ।

 भोजपुर बजारस्थित एक होटलकी सञ्चालिकासँग आपत्तिजनक अवस्थामा भेटेको भज्दै श्रीमानले दुवैजनालाई कुटेका हुन् । फुयाँल होटलमा आउजाउ   गरिरहन्थे ।

आफू बाहिर गएको र राति १२ बजे घर फर्कँदा श्रीमती र असर्इलार्इ आपत्तिजनक अवस्थामा भेटेको उनको दाबी छ । कुटपिटबाट असर्इको टाउकामा र महिलाको नाकमा चोट लागेको छ । प्रहरीले दुबैको  सिद्धकाली हस्पिटलमा उपचार गराएको छ ।

असईलाई तत्काल प्रहरी हिरासतमा राखिएको थियो । तर, उजुरी नपरेको भन्दै छाडिएको छ । घटनाको विषयमा आफूले पनि सुनेको तर कुनै उजुरी नआएकोले सोधखोज नगरिएको भोजपुरका प्रहरी प्रमुख डिएसपी काजीकुमार आचार्यले बताए ।

महिला अधिकारकर्मी लिलामाया तामाङले भने घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय गएर बुझ्दा डीएसपीले पीडित पक्ष उजुरी लिएर नआएसम्म आफूले केहि नगर्ने तर, असईलाई भने विभागीय कारवाही चलाइएको बताएको जानकारी दिइन् ।

स्रोतका अनुसार महिलाको श्रीमानले असई उनका साथीहरुसँग बसेर ६ लाखमा  मिलापत्र गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment