+
+

नम्बर १ ट्रेन्डिङमा ‘ए मेरो हजुर २’ ट्रेलर

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ११ गते ११:३६


युटुबको नम्बर १ ट्रेन्डिङमा रहने कुनै पनि भिडियोको अहिले खुबै चर्चा हुने गरेको छ । नम्बर १ ट्रेन्डिङमा रहने भिडियोलाई नेपालमा सबैभन्दा धेरै हेरिएको हुन्छ ।

एकैदिन सार्वजनिक भएका चलचित्र ‘छक्का पन्जा २’को गीत र ‘ए मेरो हजुर २’को ट्रेलरविच युटुबमा ट्रेन्डिङको लडाइ नै चल्यो । शुक्रबार बिहान सार्वजनिक भएको ‘छक्का पन्जा २’को ‘नाइलनको साडी’ बोलको गीत नम्बर १ मा रहँदा ‘ए मेरो हजुर २’को ट्रेलर दोश्रो नम्बरमा रहेको थियो ।

तर, वुधबारबाट भने चलचित्र ‘ए मेरो हजुर २’को ट्रेलरले ‘छक्का पन्जा २’को गीतलाई ओभरटेक गरेको छ । यो ट्रेलर युटुबको नेपाल ट्रेन्डिङको १ नम्बर स्थानमा उक्लिएको छ ।

नायिका झरना थापाको निर्देशनमा तयार भएको यो चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । चलचित्रमा साम्राज्ञीराज्य लक्ष्मी शाह, सलोन बस्नेतको साथमा नव-नायक सलिनमान बनियाँको मुख्य भूमिका छ ।

चलचित्रको गीतसंगीत पछि ट्रेलरले पनि राम्रो हाइप पाएको छ । लभस्टोरी कथामा बनेको यो चलचित्रलाई दर्शकले पनि प्रतिक्षा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?